चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज पच्चीस तारिखका दिन पैचिङ्गमा बोल्दै अहिलेसम्म चीनले कोरिया प्रायःव्दीप आणविक समस्यासम्बन्धी छ पक्षीय वार्तामा रहेका सम्बन्धित् पक्षहरुबाट उत्तर कोरियालाई सहायता दिने समय लम्ब्याउने सूचना प्राप्त नगरेको कुरा बताउनुभएको छ।
प्राप्त जानकारीअनुसार प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले अन्तर्राष्ट्रिय पारमाणविक एजेन्सीबाट बन्द गराइएको आंशिक आणविक प्रबन्ध पुनः शुरु गरेको छ।
श्री लिउका अनुसार केही समयमा विभिन्न पक्षको प्रयासबाट कोरियाली प्रायःव्दीपको आणविक समस्याबारे केही प्रगति प्राप्त गरिएको थियो। हाल छ पक्षीय वार्तासामु अझ अगाडि लम्कने महत्वपूर्ण अवशर देखा परिरहेको छ र त्यसका साथै केही कठिनाइहरु पनि देखा परिरहेको बताइएको छ।
|