china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी नेतागणव्दारा दलाइसित कुराकानी गरिएको कुराहरुका विषयमा चीनव्दारा अमेरिकासंग गम्भीर रुपमा सम्पर्क गरिएको
    (GMT+08:00) 2008-09-25 18:01:54    

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज पच्चीस तारिखका दिन पैचिङ्गमा बोल्दै चीनले अमेरिकी नेतागणव्दारा दलाइसित कुराकानी गरिएको विषयमा चीनले अमेरिकासंग गम्भीर सम्पर्क गरेको कुरा बताउनुभएको छ।

             प्राप्त जानकारीअनुसार अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले हाल दलाइसित टेलिफोनमा कुराकानी गर्नुका साथै दलाइको तथाकथिक " अमेरिकास्थित प्रतिनिधि"सित भेटघाट गर्नुभएको थियो। त्यसबारे पत्रकारबाट सोधिएको प्रश्नको जवाफ दिंदै श्री लिउले तिब्बत चीनको अकाट्य भूभाग भएको र तिब्बती मामिला चीनको आन्तरिक मामिला भएको बताउनुभयो। दलाइ धार्मिक नेता नभई दीर्घकालसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा मातृभूमि फुटाउन खोज्दै आएको एक राजनैतिक व्यक्ति भएकोले चीनले अमेरिकासंग गम्भीर सम्पर्क गरिसकेको छ।

             अमेरिकाले अन्तर्राष्ट्रिय मापदण्डको पालना गरी तिब्बत चीनको एक अकाट्य भूमि भएको र तिब्बतको स्वतन्त्रताको पक्षमा समर्थन नगर्ने भनी बोलेको आफ्नो वचनवद्धता अक्षरसः व्यवहारमा उतार्नुपर्छ र तिब्बत समस्याको दुरुपयोग गरी चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नुहुंदैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040