china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले नेपालका जलस्रोत मन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गर्नु भएको छ
    (GMT+08:00) 2008-09-25 20:56:13    

                 नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले जलस्रोत मन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गर्नु भएको छ । गत सोमबार जलस्रोत मन्त्रालयमा मन्त्री र राजदूतबीचमा झण्डै एक घण्टा कुराकानी भएको चिनियाँ दूताबासको प्रेस तथा राजनीति विभागले सि.आर.आई.लाई बताएको छ । भेटघाटमा जलस्रोतमा चिनियाँ लगानी तथा अन्य विषयमा कुराकानी भएको थियो ।

               नेपालमा दस हजार मेघावाट जलविद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजना सरकारले अगाडि सारेको छ । सरकारको यो योजनासँगै विदेशी लगानीको आव्हान गरिसकेको छ । जलस्रोत मन्त्री पौडेलले जलस्रोतमा चिनियाँ लगानीलाई उच्च महत्व दिने बताउनु भएको छ । चिनियाँ लगानीमा निर्माण हुने काली गण्डकी ए परियोजनाको कुरा अगाडि आइरहेका बेला राजदूत सियाङलिनले जलस्रोत मन्त्रीलाई भेट्नुलाई सकारात्मक रुपमा हेरिएको छ ।

               यसैबीच चीनका लागि नेपाली राजदूत टंक कार्कीले नेपाली भूमिबाट चीनबिरोधी गतिविधि गर्नेहरुमाथि नेपाल सरकारले लिँदै आएको नीतिबाट चीन सन्तुष्ट रहेको बताउनु भएको छ । काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै राजदूत कार्कीले भन्नुभयो "नेपाली भूमि आफू विरुद्धमा प्रयोग नहुनेमा चीन विश्वस्त छ ।" सो साक्षात्कार कार्यक्रममा राजदूत कार्कीले नेपाललाई चीनले खुलेर सहयोग गर्ने चाहना राखेको पनि जानकारी गराउनु भयो ।

               प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महरा तथा रक्षा मन्त्री रामबहादुर थापा बादलको चीन भ्रमणले दुई देशबीचको मैत्रीभावलाई उचाइमा पुर्याएको बताउँदै उहाँले यी भ्रमणबाट नेपाललाई प्राप्त हुँदै आएको चिनियाँ सहयोगमा वृद्धि भएको पनि बताउनुभयो ।

               चेतनाथ आचार्य

               सि.आर.आई.

               काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040