china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका युवाहरुले चिनियाँ युवाबाट धेरै कुरा सिक्नसक्ने नेकपा माओवादीको एक युवा नेताले बताउनु भएको छ।
    (GMT+08:00) 2008-09-26 13:29:38    

          वर्तमान सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादीका एक युवा नेताले नेपाली युवाका लागि चिनियाँहरु प्रेरणाको स्रोत भएको बताउनु भएको छ। नेकपा माओवादीको सहायक सङ्गठन यङ्ग कम्युनिष्ट लिग वाइसिएलका अध्यक्ष गणेशमान पुनले सि.आर.आई.सँग कुरा गर्दै चिनियाँ क्रान्ति र चिनियाँ परिश्रमको अनुभव नेपाल र नेपालीका लागि अति उपयोगी हुने बताउनु भयो।

               सन् 1949 अक्टोबर 1 तारिखका दिन महान् चिनियाँ नेता अध्यक्ष माओत्सेतुङ्गको नेतृत्वमा भएको चिनियाँ क्रान्तिले नयाँ चीनको स्थापना गरको थियो। नयाँ चीन स्थापना भएको 59औं वार्षिकोत्सवका अवसरमा सि.आर.आई.लाई दिनु भएको एक अन्तर्वार्तामा वाइसिएलका अध्यक्ष पुनले भन्नुभयो "नयाँ चीन एकै रातमा निर्माण भएको होइन। चीनको वर्तमानसम्मको यात्रामा चिनियाँ युवा पुस्ताले धेरै पसिना बगाएको छ र अहिले चीन आर्थिक रुपले आत्मनिर्भर र विश्वकै शक्तिसम्पन्न राष्ट्रमा गणना हुन थालेको छ।"

              नेपालको अशल छिमेकी मुलुक भएको हुनाले चिनियाँ जनक्रान्तिको प्रभाव नेपालमा पनि परेको बताउँदै उहाँले चिनियाँ अनुभवले हामी नेपाली युवाहरु मिलेर राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न सक्छौँ भन्ने कुरामा उहाँले जोड दिनुभयो।

              नेपाली युवा सङ्गठनहरुको प्रतिनिधिमण्डलमा सम्मिलित भएर पहिलोपटक चीनको भ्रमण गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको बताउँदै अध्यक्ष माओको शव तथा च्याङ्गसी प्रान्तको सदरमुकाम नान्चानमा अगष्ट फस्ट अपराइजिङ्ग म्युजिम हेर्दा आफूले चिनियाँहरुको क्रान्तिलाई नजिकबाट अनुभव गर्न पाएको पनि बताउनुभयो।

              नेपालको विकासमा चिनियाँ सहयोग प्राप्त भइरहको बताउँदै उहाँले भन्नुभयो "सबैभन्दा ठूलो कुरा हामीले चिनियाँहरुको परिश्रम र लगनशीलताबाट देश बनाउन सक्छौँ भन्ने कुराको अनुभव हो।"

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040