 चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले थाइवानलाई हतियार विक्री गर्ने प्रस्तावलाई अमेरिकी कांग्रेससमक्ष पेश गरेको कुराले चीन र अमेरिका दुइ सेनाका उच्च तह बीचको आदान-प्रदानमा ठूलो अवरोध खडा भएको कुरा वताउनुभयो।
प्रवक्ता छिन कांगले अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले चीनको सैनिक शक्तिबारे गरेको टिपणी निराधार रहेको कुरा पनि वताउनुभयो। उहाँले चीन शान्तिपूर्ण विकासको बाटोमा डटिरहने छ भन्दै चीन विश्व शान्तिलाई प्रवर्द्धन गर्ने एउटा सकारात्मक शक्ति रहेको कुरा वताउनुभयो।
श्री छिन कांगले थाइवानलाई हतियार बेच्ने योजनालाई तुरुन्तै रद्द गर्न तथा अमेरिका र थाइवान बीचको सैनिक सम्पर्कलाई बन्द गर्न चीनले अमेरिकासँग आग्रह गरेको कुरामा पनि जोड दिनुभयो।
|