 चीनको पहिलो पुस्ताका अपांग खेलाडीको हैसियतले सुश्री छंग युले टेबल टेनिसका प्रसिद्ध प्रशिक्षक फंग मंग याबाट कक्षा लिनुभयो। 1988 को सीओल पारा ओलम्पिक खेलकुदमा उहाँले आफ्ना सहकर्मीहरुसँगै मिलेर टेबलटेनिस महिला समूहगत प्रतियोगिताको च्यान्पियनशीप जित्नुभयो। उहाँ अहिलेसम्म वु हान शहरमा भएकी एकजना मात्रै पारा ओलम्पिक च्पाम्पियन हुनुहुन्छ। त्यस प्रतियोगितामा भाग लिने अवस्थाबारे सिंहावलोकन गर्दा सुश्री छंग यु अहिले पनि प्रशन्न हुनुहुन्छ। उहाँका अनुसार, प्रतियोगिताअघि प्रशिक्षकले खेलाडीहरुलाई दबाब घटाउन अथक प्रयास गर्नुका साथै उनीहरुलाई "राम्रोसँग प्रतियोगितामा भाग लिऔं तथा पदक प्राप्त गर्न प्रयास गरौं" भन्ने निर्देशन दिनुभयो। प्रतियोगितामा सुश्री छंग यु तथा उहाँका सहकर्मीहरुले आफ्नो स्तर प्रदर्शन गरेपछि चीनका लागि यस पटकको पारा ओलम्पिक खेलकुदको टेबल टेनिस महिना समूहगत प्रतियोगिताको च्पाम्पियनशीप जित्नुभयो। यसपटक पारा ओलम्पिक खेलकुदकी एकजना ज्योतिवाहकको रुपमा सुश्री छंग युले उहाँका साथीहरुसँग उक्त खुसीको उपभोग गर्ने इच्छा लिनुभयो। उहाँ भन्नुहुन्छ,
म खुसीले गदगद भएं। मलाई प्रतियोगितामा भाग लिन्छु जस्तै लागेको छ। मेरा पुराना सहपाठीहरु, साथीहरु तथा अपांग साथीहरुले मलाई टेलिफोन गरेका अथवा एस.एम.एस. पठाएका छन्। उनीहरुले मलाई प्रेरणा दिनुका साथै राम्रोसँग पहिलो ज्योतिवाहकको जिम्मेवारी लिनसक्ने आशा लिएका छन्।

बितेका बीस वर्षभन्दा बढीको अवधिमा सुश्री छंग युले अन्तर्राष्ट्रस्तरीय टेबल-टेनिस प्रतियोगितामा धेरै पटक पदक जित्नुभएको छ। यसका साथै उहाँले चिनियाँ राष्ट्रिय टेबल टेनिस तथा हु पै प्रान्तमा आयोजित अपाँग महिला टेबल टेनिस प्रतियोगिताको च्याम्पिएन पनि पाउनुभएको छ। उहाँको लगनशीलताले धेरै मानिसहरुलाई प्रभावित गरेको छ। उमेर ठूलो तथा शारिरिक अवस्था कम्जोर भएको हुनाले सुश्री छंग युले प्रतियोगितामा भाग लिन सक्नुहुन्न। उहाँले टेलिभिजनबाट पैचिङ पारा ओलम्पिक खेलकुदका प्रतियोगिताहरु हेर्नुका साथै अपांग खेलाडीहरुको समर्थन दिने कुरा व्यक्त गर्नुभयो।
बितेका चार वर्षदेखि उनीहरुले मिहिनेतसँग तालिम लिएका छन्। यस पटकको पारा ओलम्पिक खेलकुदमा उनीहरुले राम्रो नतिजा प्राप्त गर्नसक्ने, तिनीहरुको सर्वोच्च स्तर प्रदर्शन गर्नसक्ने आशा मैले लिएकी छु।

पारा ओलम्पिक खेलकुदबाट खुसी पाउनुका साथै सुश्री छंग युले अरु बढी अपाँग साथीहरुसँग खेलकुदमा भाग लिनसक्ने आशा लिनुभयो। उहाँ भन्नुहुन्छ,
सम्पूर्ण अपांग साथीहरु खेलकुदमा भाग लिनसक्ने आशा मैले गरेकी छु। किनभने जुनसुकै खेलकुद अपाँगहरुको शारीरिक स्वास्थ्य तथा मनस्थितिका लागि उपयोगी छ।
|