दोश्रो चरणको गतिविधि सकेसम्म छिटो चौतर्फी रुपमा व्यवहारमा उतार्नका लागि चीनले कोरियाली प्रायद्बीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्ताका विभिन्न पक्षहरुसँग घनिष्ट आदान-प्रदान तथा समन्वयलाई कायम राख्ने छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
श्री छिनका अनुसार, चिनियाँ उप-परराष्ट्रमन्त्री उ दाइ वैले चार तारिख पेइचिंगमा अमेरिकी विदेश सहयक मन्त्रीका एवम् छपक्षीय वार्तामा अमेरिकी प्रतिनिधि-मण्डलका प्रमुख क्रिस्टोफेर हिलसँग भेट-वार्ता गर्नुभएको थियो। सो अवसरमा श्री उ दाइ वैले श्री हिलको उत्तर कोरियाको भ्रमणसम्बन्धी विषयको जानकारी लिनुभएको थियो। उत्तर कोरियाको भ्रमणका समयमा श्री हिलले उत्तर कोरियाका नेताहरुसँग लामो समयसम्म वार्ता गर्नुभयो। अमेरिका र उत्तर कोरियाले सम्पर्कलाई कायम राखेको कुरालाई चीनले समर्थन दिनुका साथै श्री हिलको उत्तर कोरियाको भ्रमण हितकर भएको विचार लिएको कुरा श्री छिनले बताउनुभएको छ।
विभिन्न पक्षको साझा प्रयासमा छ-पक्षीय वार्तामा महत्वपूर्ण प्रगति हासिल गर्नुका साथै वार्ता अघि बढाउने मौका पनि देखा परेको छ। छ-पक्षीय वार्तामा अझ बढी प्रगति हासिल गराउने, कोरियाली प्रायद्बीलाई आणविक अस्त्ररहित क्षेत्र बनाउन र उत्तर-पूर्वी एशियाको शान्ति तथा स्थीरताको सुरक्षा गर्ने कुराले विभिन्न पक्षको साझा हितलाई मिलाएको कुरा पनि श्री छिनले व्यक्त गर्नुभएको छ।
|