 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज नौ तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ जन बैंक तथा यसका सम्बन्धित अँगहरुव्दारा अरु मुलुकहरुका सम्बन्धित अँगहरुसित घनिष्ट सम्पर्क कामय राखी चीनले अझै पनि निरन्तर रुपमा अरु मुलुकसित समन्वय र सहयोग सबल पारी संयुक्त रुपमा अन्तर्राष्ट्रिय मौद्रिक बजारको स्थायीत्व र विश्वको अर्थतन्त्रको स्वस्थ र सन्तुलित विकासको संरक्षण गर्न तयार रहेको बताउनुभएको छ।
हाल चिनियाँ जन बैंकलगायत् अन्य मुलुकका केन्द्रीय बैंकहरुले ब्याज घटाउने निर्णयका बारेमा पत्रकारबाट सोधिएको प्रश्नको जवाफ दिंदा श्री छिनले बोल्दै अन्तर्राष्ट्रिय मौद्रिक संकटसामु चीन सरकारले पटक- पटक आफ्नो अडान स्पष्ट गर्दै अन्तर्राष्ट्रिय समाजले आफ्ना विश्वास र संकल्पलाई कायम राखी सहयोग सबल पारेर संयुक्त रुपमा संकटको सामना गर्नुपर्ने कुरा उल्लेख गर्नुभएको छ।
|