चीनका राष्ट्रध्यक्ष हु चिन थाउको निमन्त्रणामा पाकिस्ताननी राष्ट्रपति असिफ अलि जर्दारी यसै महिनाको 14 देखि 17तारिखसम्म चीनको भ्रमण गर्नुहुने भएको छ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
श्री जर्दारी पाकिस्तानी राष्ट्रपति बनेपछिको यो पहिलो चीन भ्रमण हो। चीन यसको हार्दिक स्वागत् गर्दै प्रतीक्षामा बसेको छ। भ्रमणको अवसरमा, राष्ट्रध्यक्ष हु चिन थाउले श्री जर्दारीसँग भेट-वार्ता गर्नुका साथै उ पाङ्ग को, वन च्या पाउ, च्या छिङ्ग लिनलगायत् चिनियाँ नेताहरुले उहाँसँग बेग्ला-बेग्लै रुपमा भेट-घाट गर्नुहुने कार्यक्रम रहेको छ।
श्री छिङ्ग काङ्गका अनुसार, यस भ्रमणले चीन-पाकिस्तानबीच रणनैतिक सहयोग सम्बन्धलाई अझ गहिरो पार्ने आशा चीनले लिएको छ।
|