 यसैबीच पैचिङ पारा ओलम्पिक खेलकुदको ज्योति अगष्ट तीस तारिख चीनको भित्री मंगोलियाको हु ह हाउ थ शहरमा रिले भएको थियो। त्यहाँ आयोजित ज्योति रिले कार्यक्रममा सहभागी ज्योतिवाहक सुन हाई फंग एक जना सफल व्यापारी हुनुहुन्छ। आजको कार्यक्रममा हामी उहाँको कथा सुनाउंछौं।
हु ह हाउ थ शहरमा एक जना प्रसिद्ध अपाँग व्यापारी हुनुहुन्छ। उहाँ हु ह हाउ थ कृत्रिम अंग कारखानाका प्रमुख, भित्री मंगोलियाको अपांग कला समूहका प्रमुख, भित्री मंगोलियाको माया-ममता अखवारका प्रमुख, हु ह हाउ थ शहरको अपाँग संघका अध्यक्ष सुन हाई फंग हुनुहुन्छ। दुईवटा खुट्टा अपाँग भएका सुन हाई फंग भेट्दा मानिसहरुले यस्तो शरिरमा ठूलो निहित शक्ति रहेको कुरा सोच-विचार गर्न सक्दैनन्। प्रारम्भमा श्री सुन हाई फंगले दुई हजार चार सय चिनियाँ युआन मात्र रकम खर्च गरी एउटा कृत्रिम अंगको कारखानाको स्थापना गर्नुभयो। अहिलेसम्म उहाँले बीस वर्षसम्म काम गर्नुभएको छ।

सन् 1988 को प्रारम्भमा श्री सुन हाई फंगले आफूद्वारा संकलन गरिएको दुई हजार चार सय युआनमार्फत् हु ह हाउ थको कृत्रिम अंग कारखानाको स्थापना गर्नुभयो। त्यति बेलामा श्री सुन हाई फंगले कृत्रिम व्यवसायबारे धेरै ज्ञान हासिल गर्नुभएन। यसका साथै उहाँको सामू रकमको अभाव, सरल प्रबन्ध, कमजोर प्रबिधि लगायत समस्याहरु देखा परेको थियो। त्यस बेलाको परिस्थितिबारे सिंहाव्लोकन गर्दै श्री सुन हाई फंग भन्नुहुन्छ,
सन् 1988 को फेब्रअरीमा हामीले हु ह हाउ थ शहरको कृत्रिम अंग कारखानाको स्थापना गर्यौं। त्यस बेलामा हाम्रो कारखानामा सात जना मात्र मजदुर थिए। यस कारखानाको स्थापना गर्दा सम्बन्धित प्रबन्धहरु निकै सरल थिए भने उत्पादनसम्बन्धी वातावरण राम्रो थिएन। तथापि हामीले यस्तो नराम्रो वातावरणमा पनि काम गर्न थाल्यौं।

त्यस बेलाबारे सिंहाव्लोकन गर्दा श्री सुन हाई फंगले जुनसुकै कठिनाइले उहाँलाई रोक्न नसक्ने अनुभव गर्नुभयो। कारखाना खोलिएको पहिलो केही महिनामा त्यो ठूलो आर्थिक समस्यामा परेको थियो। तथापि श्री सुन हाई फंगले कठिनाइसामु पछाडि नहटी सहायता तथा ग्राहकहरु पत्ता लगाउनुभयो। केही वर्षको अथक प्रयासपछि कृत्रिम अंग कारखानाले नयाँ प्रबन्धहरु थपिदिनुका साथै सामाजिक नाफा कमाएको थियो।
मैले कहिल्यै पनि पछि हट्ने विचार गरेको छैन। सजिलैसँग गर्नसक्ने कुरा मलाई त्यति मन पर्दैन। कठिनाइ भएको कुरा मलाई चासो लागेको छ।
|