 सन् 1988 को प्रारम्भमा श्री सुन हाई फंगले आफूद्वारा संकलन गरिएको दुई हजार चार सय युआनमार्फत् हु ह हाउ थको कृत्रिम अंग कारखानाको स्थापना गर्नुभयो। त्यति बेलामा श्री सुन हाई फंगले कृत्रिम व्यवसायबारे धेरै ज्ञान हासिल गर्नुभएन। यसका साथै उहाँको सामू रकमको अभाव, सरल प्रबन्ध, कमजोर प्रबिधि लगायत समस्याहरु देखा परेको थियो। त्यस बेलाको परिस्थितिबारे सिंहाव्लोकन गर्दै श्री सुन हाई फंग भन्नुहुन्छ,
सन् 1988 को फेब्रअरीमा हामीले हु ह हाउ थ शहरको कृत्रिम अंग कारखानाको स्थापना गर्यौं। त्यस बेलामा हाम्रो कारखानामा सात जना मात्र मजदुर थिए। यस कारखानाको स्थापना गर्दा सम्बन्धित प्रबन्धहरु निकै सरल थिए भने उत्पादनसम्बन्धी वातावरण राम्रो थिएन। तथापि हामीले यस्तो नराम्रो वातावरणमा पनि काम गर्न थाल्यौं।

त्यस बेलाबारे सिंहाव्लोकन गर्दा श्री सुन हाई फंगले जुनसुकै कठिनाइले उहाँलाई रोक्न नसक्ने अनुभव गर्नुभयो। कारखाना खोलिएको पहिलो केही महिनामा त्यो ठूलो आर्थिक समस्यामा परेको थियो। तथापि श्री सुन हाई फंगले कठिनाइसामु पछाडि नहटी सहायता तथा ग्राहकहरु पत्ता लगाउनुभयो। केही वर्षको अथक प्रयासपछि कृत्रिम अंग कारखानाले नयाँ प्रबन्धहरु थपिदिनुका साथै सामाजिक नाफा कमाएको थियो।
मैले कहिल्यै पनि पछि हट्ने विचार गरेको छैन। सजिलैसँग गर्नसक्ने कुरा मलाई त्यति मन पर्दैन। कठिनाइ भएको कुरा मलाई चासो लागेको छ।
उक्त उपलव्धि हासिल गरेपछि श्री सुन हाई फंगलाई सन्तोष लागेको छैन। उहाँले अपाँगहरुका लागि केही कुरा गर्ने विचार गर्नुभयो। त्यसपछि उहाँले अपांग कला समूह तथा भित्री मंगोलियाको माया-ममता अखवारको स्थापना गर्नुभयो। त्यसको उद्देश्य अपाँगहरुको जीवनमा देखापरेको कठिनाइको समाधान गर्न सघाउ पुर्याउनु हुनुका साथै सम्पूर्ण समाजसँग अपाँगहरुलाई अरु बढी ध्यान दिनु हो। उहाँ भन्नुहुन्छ,
अपाँगलाई सहायता दिएपछि उनले कृत्रिम अंगमार्फत् पुन:उभिनसक्ने कुरा मलाई सबैभन्दा खुसी लागेको छ।

अपाँगहरुसम्बन्धी कार्यको विकास गर्नु अरु कार्यको तुलनामा अरु बढी कठिनाइ छ। हरेक पटक श्री सुन हाई फंगको कार्य अघि बढेको शिलशिलामा उहाँले स्वास्थ्य व्यक्तिभन्दा अरु बढी प्रयास गर्नुभयो। आफ्नो कार्यको विकास भएपछि उहाँले अर्को उद्देश्य खोज्दै आउनुभएको छ।
मेरो लक्ष्य अरु बढी अपाँगहरुका लागि सेवा उपलव्ध गराउनु हो। अपाँगहरुले आफ्नो कार्य सिर्जना गर्न सहायता दिनसक्ने प्रस्ताव मैले प्रस्तुत गरेको छु।
|