चीनका परराष्ट्रमन्त्रालयका प्रवक्ता छिँग काँगले आज बोल्दै चीन पाकिस्तान र भारतको छिमेकी मुलुक भएको र चीनले भारत र पाकिस्तानबीच सीमा व्यापार पुनःशुरु भएकोमा खुशी लागेको कुरा बताउनुभयो।
आज पेइचिँगमा आयजित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनुभएको हो। भारत र पाकिस्तानले निरन्तर रुपमा प्रयास गरी मैत्रीपूर्ण सल्लाहद्वारा सहयोग बढाएर दुई देशबीचको सम्बन्ध बढाउने आशा चीनले लिएको कुरा बोल्दै श्री छिँग काँगले उक्त कार्य दुई देशको हित अनुकूल रहनुका साथै दक्षिण एशियाको शान्ति र स्थिरताको सुरक्षाका लागि महत्वपूर्ण रहेको कुरा व्यक्त गर्नुभयो।
|