चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता छिँग काँगले आज बोल्दै चीनले अन्तर्राष्ट्रिय समाजले समान रुपमा सल्लाह गरी सहयोग बढाई संयुक्त रुपमा वर्तमान अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना गर्नुपर्ने अडान लिएको कुरा व्यक्त गर्नुभयो।
आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनुभएको हो। केही दिनयता विभिन्न मुलुकका नेताले वर्तमान अन्तर्राष्ट्रिय मौद्रिक परिस्थितिबारे लिएका महत्वपूर्ण अडानमा अन्तर्राष्ट्रिय समाजले ध्यान दिनुपर्ने र चीनले उक्त प्रस्ताव र अडानहरुको पालना गर्नसक्ने आशा लिएको कुरा बताउनुभयो।
सम्बन्धित कदमले अन्तर्राष्ट्रिय मौद्रिक समाजको स्थिरता र विश्वको अर्थतन्त्रको स्वस्थ विकासको सुरक्षाका लागि तथा विकासोन्मुख मुलुकको हितलाई पूरा सम्मान र सुरक्षा गरिनुपर्ने कुरा बोल्दै श्री छिँग काँगले चीनले निरन्तर रुपमा जिम्मेवारी लिई विभिन्न पक्षसँग सल्लाह गर्ने कुरा व्यक्त गर्नुभयो।
|