चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज तेईस तारिखका दिन नियमित पत्रकार सम्मेलनमा बोल्दै " दश जोड तीन" प्रारुपमा विदेशी मुद्राको संकलन भण्डारको निर्माण गर्नेतर्फ सक्रियतासाथ अघि सार्न चीन इच्छुक रहेको बताउनुभएको छ।
उहाँको भनाइअनुसार " दश जोड तीन" प्रारुपमा विदेशी मुद्राको संकलन भण्डारको निर्माण गर्नु " चिआङ्ग माइ सम्झौता पत्र"को बहूपक्षीकरणको ठोस कदम हो। त्यसबारे सम्बन्धित पक्षहरुका बीचमा मतैक्यता पनि सम्पन्न भयो। चीनले त्यसबारे सक्रिय अडान लिएर सम्बन्धित पक्षहरुसित निरन्तर छलफल गर्ने मनसाय लिएको छ।
थाहा भएअनुसार उक्त भण्डारको निर्माण गर्ने मुख्य उद्देष्य अन्तर्राष्ट्रिय मौद्रिक अवस्था तल-माथि भई विदेशी मुद्राको चल्तीमा कठिनाइ देखा परेको अवस्थामा समस्या हटाउन खोज्ने जुनसुकै मुलुकलाई पनि मद्दत गर्नु हो।
|