china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका लागि चिनियाँ राजदुत चं स्याङ्ग लिनले नेपालका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको छ
    (GMT+08:00) 2008-10-23 19:23:36    

          नेपालका लागि चिनियाँ राजदुत चं स्याङ्ग लिनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ। हिजो अपरान्ह प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धका बारेमा सामान्य छलफल भएको चिनियाँ दुताबासले सि.आर.आई.लाई जनाएको छ।

          आफ्‍नो कार्यकाल सिध्याएर स्वदेश फर्कन लाग्नु भएका चिनियाँ राजदुत स्याङ्ग लिनले विदाई भेटघाटका रुपमा प्रधानमन्त्री दाहालसँग भेट गर्नुभएको हो। भेटका क्रममा राजदुत स्याङ्ग लिनले चीन र नेपालबीचको सम्बन्ध अझै मजबुत हुँदै गएको तथा नेपालले सधैँ एक चीनवको नीतिलाई समर्थन गरेकोमा चीन हार्षित भएको बताउनुभयो। उहाँले आफ्‍नो कार्यकालमा रसुवा स्याप्रुवेसी राजमार्ग, काठमाडौँ खासा अप्टिकल फाइबर तथा निजामति अस्पताल जस्ता आयोजना चिनियाँ सहयोगमा सम्पन्न भएको बताउँदै यी आयोजना समयमै सफल बनाउन नेपाल सरकारले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो।

          चिनियाँ राजदुत स्याङ्ग लिनले आफु चीन फर्कनु अगाडि चिनियाँ सहयोगबाट निर्मित निजामति अस्पताल नेपाल सकारलाई हस्तान्तरण गर्न खोजको पनि बताउनुभयो । पत्युत्तरमा प्रधानमन्त्री दाहालले नेपालमा चिनियाँ सहयोग महत्वपुर्ण रहेको बताउँदै युगौँदेखिका दुई छिमेकी राष्ट्रिय अभिवष्यमा एक आपसको सहयोगमा वृद्धि गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री दाहालले सन् 2008 मा चीनमा ठुला प्राकृतिकि विपत्ति भएको भएपनि चीनले विश्वलाई नै आश्चर्यचकित बनाउने गरी 29 औं ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न गरेकोमा आफुलाई अत्यन्त खुशी लागेको पनि बताउनुभयो।

          नेपालको भुमि चीन बिरोधी गतिविधिमा प्रयोग हुन नदिन आफु सजग र सचेत रहेको बताउँदै प्रधानमन्त्रीले आफुले पहिलो विदेश भ्रमण चीनमा गएर पनि सोही कुराको प्रत्याभुति गराएको स्मरण गराउनुभयो। सो अवसरमा दुई देशबीचको सम्बन्धमा चिनियाँ राजदुत स्याङ्ग लिनले पुर्‍याउनु भएको योगदान र निर्वाह गर्नु भएको भुमिका प्रति प्रधानमन्त्री दाहालले धन्यवाद दिँदै उहाँको प्रगतिको कामना पनि गर्नुभयो।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040