china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका लागि चिनियाँ राजदुत नेपालका उच्च पदस्थ व्यक्तिहरुसँगको विदाइ भेटमा व्यस्त रहनु भएको छ
    (GMT+08:00) 2008-10-24 19:39:28    

          आफ्‍नो कार्यकाल सकेर स्वदेश फर्कनु अगाडि विदाई भेटघाटका रुपमा नेपालका लागि चिनियाँ राजदुत च सियाङ्ग लिनले उच्च स्तरका नेपाली नेताहरुसँग छलफल गर्नुभएको छ। भेटघाट गर्ने क्रममा उहाँले राष्ट्रपति डा. रामवरण यादवसँग बुधबार राष्ट्रपति भवन शितल निवासमा शिष्टाचार भेट गर्नु भएको हो ।

          चिनियाँ राजदुत सियाङ्ग लिन नेपालमा राजनीतिक परिवर्तनभएपछि नेपाल आउने पहिलो विदेशी राजदुत    हुनुहुन्थ्यो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रप्रमुखको समेत हैसियतले चिनियाँ राजदुत सियाङ्ग लिनको ओहोदाको प्रमाणपत्र सन् 2008 को अप्रिलमा ग्रहण गर्नु भएको थियो । राजदुत सियाङ्ग लिन आउँदो नोभेम्बर 5 तारिख चीन फर्कनु हुँदैछ

          राष्ट्रपतिसँगको भेटघाटमा आफ्‍नो दुई वर्षको कार्यकालमा नेपालको राजनीतिमा आएको परिवर्तन तथा वर्तमान नयाँ सरकारको चीनप्रतिको दृष्टिकोणलाई आफुले बेइजिङ चीन सरकारसामु राख्ने बताउनुभयो। राजदुत सियाङ्ग लिनका निजी सचिव लिले सि.आर.आई.लाई बताए अनुसार राष्ट्रपति र चिनियाँ राजदुतबीचमा सौहार्दपुर्ण वातावरणमा कुराकानी भएको छ। चिनियाँ राजदुत सियाङ्ग लिनले गत मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरिसक्नु भएको छ।

          हिजै चिनियाँ राजदुत सियाङ्ग लिनले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बारुँग पनि भेटघाट गर्नु भएको थियो। चीन सरकारले नेपालको संविधानसभाको निर्वाचन सफल बनाउन तथा नयाँ संविधान बनाउका लागि पनि सहयोग उपलब्ध गराउँदै आएको। त्यसैगरी राजदुत सियाङ्ग लिनले उपराष्ट्रपति परमानन्द झा, प्रधानन्यायधीस केदारप्रसाद गिरी, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग पनि विदाइ भेटघाट गर्नु भएको छ ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040