china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालको पोखरा सहर र चीनको स्वायत्त प्रदेश तिब्बतको लिन्ची सहरबीचमा भगिनी सम्बन्ध स्थापना भएको छ
    (GMT+08:00) 2008-10-25 21:09:20    

         नेपालको स्वीजरल्याण्ड भनेर चिनिने पर्यटकी सुन्दर नगरी पोखरा र छिमेकी मित्रराष्ट चीनको स्वायत्त प्रदेश तिब्बतको लिन्ची सहरबीचमा भगिनी सम्बन्ध स्थापना भएको छ। गत मंगलबार पोखरामा आयोजित समारोहमा दुवै सहरका प्रतिनिधिहरुले औपचारिक हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना भएको घोषण गरेका हुन्।

         भगिनी सम्बन्ध कायम गरिएको सम्झौतापत्रमा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उत्तमप्रसाद नागिला र लिन्ची सहरका कमिस्नार दोर्जे सिरिनले हस्ताक्षर गर्नु भएको हो। पोखरा काठमाडौँदेखि दुई सय किलोमिटर पश्चिममा रहेको छ भने चीनको सुन्दर लिन्ची सहर तिब्बतको सदरमुकाम ल्हासादेखि चार सय किलोमिटर उत्तरपुर्वमा रहेको छ।

           भगिनी सम्बन्ध स्थापनाको घोषणा गर्न आयोजित सो समारोहमा प्रमुख अतिथि स्थानीय विकास मन्त्री रामचन्द्र झाले नेपालले सधै चीनको अखण्डताको पक्षमा वकालत गरेको बताउँदै चीनको आर्थिक विकासबाट नेपालले धेरै सहयोग र शिक्षा पाएकोमा प्रशन्नता प्रकट गर्नुभयो ।

          यसैबीच नेपालका लागि चिनियाँ राजदुत च सियाङ्ग लिनले हिजो पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट गर्नु भएको छ । स्वदेश फर्कनु अगाडि राजदुत सियाङ्ग लिनले विदाई भेटका रुपमा नेता देउवासँग भेट गर्नु भएको काठमाडौँस्थित चिनियाँ दुताबासले सि.आर.आई.लाई बताएको छ । भेटका क्रममा राजदुत सियाङ्ग लिनले नेपालको शान्ति प्रक्रियाबाट चीनलाई सन्तोष लागेको बताउनुभयो । नेता देउवाले पनि आफु र आफ्‍नो पार्टी नेपाली कांग्रेस सधैँ नेपाल चीन सम्बन्धलाई मजबुत बनाउन लागिरहने सन्देश दिनुभयो ।

          त्यसैगरी चिनियाँ राजदुत सियाङ्ग लिनले नेकपा एमालेका महासचिव झलनाथ खनाल तथा नेता माधवकुमार नेपालसँग पनि विदाई भेट गर्नुभएको दुताबासले जनाएको छ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040