|
चीनका वाणिज्य उप-मन्त्री गाउ हु छन्ले हिजो पैचिंगमा बोल्दै विश्वव्यापी बैंकिङ संकट र गम्भीर र जटिल अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक परिस्थितिसामु चीनको वैदेशिक व्यापारले अझ स्थिर र अपेक्षाकृत तीव्र विकासलाई कायम राखेको कुरा बताउनुभयो । उहाँका अनुसार समष्टिगत दृष्टिकोणबाट हेर्दा हाल वैदेशिक व्यापारको विकासको आधारभूत परिस्थिति राम्रो रहेको छ ।
थाय हु छन्का अनुसार चालू वर्षदेखि यता चीनको वैदेशिक व्यापार यथावत् रुपमा स्थिर र अपेक्षकृत र तीव्र हुँदै आएको देखिन्छ । अघिल्ला नौ महिनामा चीनको कूल आयात र निर्यात परिमाण उन्नाइस खर्ब अमेरिकी डलर पुगेको देखिन्छ । जुन गत वर्षको सोही समयको तुलनामा पचिस प्रतिशत बढेको हो । तर अन्तर्राष्ट्रिय आर्थिक वातावरणमा अनिश्चित , अस्थिर कारकतत्व बढेकोले चीनको वैदेशिक व्यापारमा पनि निकै प्रभाव पर्दै आएको छ । अघिल्ला नौ महिनामा अमेरिका , यूरोपेली संघ र हंगकंग क्षेत्रमा चीनको निर्यातको वृद्धि गति केही तल झरेको देखिन्छ ।
|