चीनको बैंकिङ्ग व्यवसायको अनुगमन तथा व्यवस्थापन समितिले आज सार्वजनिक गरेको तथ्यांककाअनुसार, हाल चीनमा विदेशी पूँजीबाट हुने बैंकिङ्ग मुनाफा स्थीर तथा सुचारुरुपमा चलेको छ। यस वर्षको जनवरीदेखि सेम्टेबरसम्म चीनमा विदेशी पूँजीबाट भएको बैंकिङ्ग मुनाफा गत वर्षको सोहि अवधिको तुलनामा एक गुणाले बृद्धि भएको छ।
सो समितिले दिएको जानकारीअनुसार, हाल चीनमा भएको विदेशी पूँजीको बैंकको पूँजी पर्याप्त, सम्पत्तिको गुणस्तर असल भएर विभिन्न लक्ष्य अनुगमन तथा व्यवस्थापनको मागभन्दा उच्च भएको छ।
|