|
चीनमा सुधार तथा खुलापन नीति लागु भएको तीस वर्षयता भित्री मंगोलियाले हावा तथा बालुवाबाट जोगाउन निर्माण गरेको वन जंगलको क्षेत्रफल एक करोड चौरासी लाख साठी हजार हेक्टर पुगेको छ। यसैबीच एक करोड साठी लाख हेक्टर वालुवा तथा एक करोड हेक्टरको भूक्षय जमिनको प्रारम्भिक रुपमा नियन्त्रण गरिएको छ।
भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशको बंग व्यूरोका अधिकारीले दिनुभएको जानकारीअनुसार हाल भित्री मंगोलियाको वन-जंगल तथा हरित परियोजना निर्माण निरन्तर, तीब्र तथा स्वस्थ विकासको अवधिमा प्रवेश भइसकेको छ। केही क्षेत्रमा बालुवाबाट जोगाउने बंग प्रणाली सम्पन्न भएको छ भने पर्यावरणीय अवस्थामा क्रमशः सुधार हुँदै आएको छ।
|