china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तीस वर्षदेखियता चीनको आधारभूत उद्योग र आधारभूत प्रबन्धको निर्माण स्पष्ट रुपमा मजबूत
    (GMT+08:00) 2008-10-30 13:11:38    

              चीनको राष्ट्रिय तथ्यांक व्यूरोले आज सार्वजनिक गरेको एउटा प्रतिवेदनका अनुसार सुधार र खुलापन नीति लागू भएको तीस वर्षदेखि यता चीनको आधारभूत उद्योग र आधारभूत प्रबन्धको निर्माण स्पष्ट रुपमा मजबूत भएको छ । त्यसबाट अर्थतन्त्र र समाजको विकासलाई आड-भरोसा दिइने क्षमता बढी रुपमा माथि बढेको छ ।

               उक्त प्रतिवेदनका अनुसार यताका तीस वर्षदेखि चीनको आधारभूत उद्योग र आधारभूत प्रबन्धको निर्माणमा लगाइएको लगानी द्रुत गतिले बृद्धि हुंदै आएको छ । सन् उन्नाइस उन्नासी सालदेखि दुइ हजार सात सालसम्म राष्ट्रभरिमा आधारभूत उद्योग र आधारभूत प्रबन्धको निर्माणमा लगाइएको कूल लगानी तीन सय खर्ब चिनियां युआन् पुगेको छ ।

               उक्त प्रतिवेदनका अनुसार बढी लगानी लगाएर निर्माण गरिएपछि चीनको आधुनिक उद्योग र आधारभूत प्रबन्धको उत्पादन क्षमता र स्तर ठूलो पैमानामा माथि बढेको देखिन्छ । कृषि , ऊर्जा स्रोत र कच्चा सामग्रीको आपूर्ति क्षमता नयां भर्‍याङ्‌मा पुगेको छ । यातायात ढुवानी र हुलाक र सञ्चारतर्फ पूरै राष्ट्र समेट्न सकिने सञ्जाल व्यवस्था बनाइएको छ । जलसिंचाई र शिक्षा सांस्कृति स्वास्थ्य र खेलकुद सम्बन्धी प्रबन्धहरु स्पष्ट रुपमा मजबूत भएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040