|

चीनको राष्ट्रिय तथ्यांक व्यूरोले आज सार्वजनिक गरेको यौटा प्रतिवेदनका अनुसार सुधार र खुलापन नीति लागू गरेदेखि यता चीनका शहर र गाउंबस्तीका वासिन्दाहरुको जीवन आधारभूत रुपमा गरीब निवारणदेखि खानेलाउने समस्याको समाधान गर्नसम्म र समष्टिगत रुपमा सम्पन्न हुनेसम्मको तरीकामार्फत सम्पन्न समाजको सर्वतोमुखी रुपमा निर्माण गर्ने लक्ष्यतिर गइरहेको छ ।
सो प्रतिवेदनका अनुसार पछिल्ला तीस वर्षदेखि चीनका शहर र गाउंबस्तीका वासिन्दाहरुको प्रति व्यक्तिको औसत आम्दानी ठूलो मात्रामा बढेको छ । तिनीहरुको जीवनयापनको गुणस्तरमा स्पष्ट सुधार भएको छ । शहर बस्तीका कम आम्दानी हुने सर्वसाधारणले प्रत्याभूति पाएका छन् र गाउँघरमा गरीब जनसंख्या पनि ठूलो मात्रामा कम भएको छ ।
|