नेपाल र चीनका नापी प्राविधिकहरुले दुई वर्षयता स्याटलाइट रिमोट सेन्सिकबाट लिएको तथ्याङ्क र आँकडाका आधारमा ग्लोबल पोजिसनिक सिस्टम जिपिएस प्रविधिमाफत अत्याधुनिक डिजिटल प्रविधिबाट सीमा नक्सा बनाइने भएको छ।
चीनको सिआनमा गत शुक्रबारदेखि हुने दुई देशका नापी महानिर्देशकसहितको सबै विज्ञको बैठकले नक्सा छाप्न लायक बनाउने नापी विभागका महानिर्देशक राजाराम छतकुलीले सि.आर.आई.लाई बताउनुभयो। उहाँका अनुसार नक्सामा कस्ता सूचना राख्ने र समग्रमा नक्सा कस्तो बनाउने भन्ने बारेमा डेढसाता गृहकार्य गरिनेछ।
डिजिटल प्रविधिबाट तयार पारिएका यी नक्सा 57 सिटका हुनेछन्। नेपाल चीन सीमाको सिमाङ्क गरी पहिलोपटक सन 1961 मा प्रोटोकलमा हस्ताक्षरर गरिएको थियो। प्रोटोकलमा सिमास्तम्भको अवस्थितिदेखि सबै भौगोलिक विवरणसहितको नक्सा संलग्न गरिएको हुन्छ।
सन् 1961 मा दसदेखि पन्धवर्षको बीचमा एकपटक आवधिक रुपमा सिमानाको निरीक्षरण र सिमास्तम्भ अद्यावधिक गर्ने सहमति भएको थियो। सहमति भएको 18 वर्षपछि सन् 1979 मा फोटोग्रामेटिक प्रविधिबाट नक्साÍन गरियो। त्यसपछि सन् 1988 मा तेस्रो प्रोटोकल तयार भई सिमास्तम्भ दुरुस्त तुल्याइयो र केहीलाई मर्मत समेत गरिएको थियो।
महानिर्देशक छतकुलीका अनुसार सन् 2006 मा दुवै मुलुकका प्राविधिककले सिमानाको निरीक्षरण गरी ग्लोबल पोजिसनिङ सिस्टममाफत भूउपग्रहबाट तथ्याÍ लिएर डिजिटल प्रविधिबाट नक्सा तयार गर्ने सहमति भएको थियो। गत मे महिनामा चीनमा सम्पन्न दुवै देशका नापी प्राविधिक तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको बैठकले सिमानक्सा अत्याधुनिक बनाउने र प्राविधिक काम सकेर नापी विज्ञको बैठकमाफत अन्तिम रुप दिने गरेको थियो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|