चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज चार तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन-अमेरिका बीचको स्वस्थ र स्थिर सिर्जनात्मक सम्बन्ध यी दुई मुलुकहरुका जनताका हित-कल्याणसित अनुकूल छ भन्ने कुरामा जोड दिनुभएको छ।
अमेरिकाका भावी राष्ट्रपतिको निर्वाचन हुन लागेको छ। केही पत्रकारबाट सोधिएको प्रश्नको जवाफ दिंदा श्री छिनले बोल्दै अमेरिकामा जुन पार्टीले राज गरोस् वा जो व्हाइट हाउस गए पनि चीन र अमेरिका बीचको सिर्जनात्मक सहयोगी सम्बन्ध निरन्तर बढ्दै जाने चीनले अपेक्षा गरेको बताउनुभएको छ। उहाँको भनाइ अनुसार यी दुई मुलुकका जनताहरुका हित-कल्याणसित मेल खाएको मात्र नभई युगको प्रवाहसित पनि अनुकूल रहेको छ।
|