चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज अमेरिकी राष्ट्रपतीय निवार्चनको नतिजाबारेमा पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदै चीनले अमेरिकासँग साझा प्रयास गर्दै आपसी रचनात्मक तथा सहयोगात्मक सम्बन्धलाई अघि बढाउँदै जाने आशा चीनले लिएको कुरा व्यक्त गर्नुभएको छ।
उहाँले दिनुभएको जानकारीअनुसार, उक्त निर्वाचनको नतिजा सार्वजनिक गरिएपछि चीनका राष्ट्राध्यक्ष हु चिन थाऊ तथा प्रधानमन्त्री वन च्या पाउले बेग्लाबेग्लै गरी बाराक ओबामालाई अमेरिकी चवालीसौं राष्ट्रपति निवार्चित गरिएकोमा बधाइ सन्देश पठाउनुभएको छ। चीनका उप-राष्ट्राध्यक्ष सि चिन फिङले जौसेफ बीदन अमेरिकी उप-राष्ट्रपति निर्वाचित गरिएकोमा उहाँलाई पनि बधाइ सन्देश पठाउनुभएको छ।
प्रवक्ता छिन काङले दुई देशका जनता तथा विश्वका विभिन्न मुलुकका जनताको हित-कल्याणका लागि चीन तथा अमेरिकाबीच सम्पन्न तीन संयुक्त विज्ञप्तिको आधारमा विभिन्न क्षेत्रमा हुने आपसी वार्ता, आदान-प्रदान तथा सहयोगलाई सबल पारी पारस्परिक समझदारी तथा विश्वासलाई प्रवर्द्धन पार्ने कुरा व्यक्त गर्नुभयो।
|