चिनियाँ वायु सेवा व्यूरोका उप-प्रमुख वाङ शुन छाङले चीनको दक्षिणी भागमा पर्ने क्वाङ तुङ प्रान्तको चु हाई शहरमा आयोजित " क्वाङ तुङ, हंगकंग, मकाउ र थाइवानको वायु-सेवासम्बन्धी उत्पादन मञ्च"लाई सम्बोधन गर्दै राष्ट्रिय गार्हस्थ उत्पादनको विकास, पर्यटन उद्योगको विकास, विदेशसँगको व्यापारको विकास, वैज्ञानिक प्रगति तथा सुधार हुँदै आएको नीतिलगायत् पाँच कारकतत्वले भविश्यमा चीनको वायु सेवाको तीब्र विकासलाई अघि बढाउने कुरा बताउँनुभयो।
श्री वाङ शुन छाङका अनुसार, आगामी दश वर्षभन्दा बढीमा चीनको वायु ढुवानी उद्योगको औसत बृद्धि दर दश प्रतिशत भन्दा बढी हुनेछ। यसका साथै पर्यटन उद्योग तथा विदेशसँगको अर्थतन्त्रको तीब्र विकासले वायु ढुवानी उद्योगको विकासका लागि फराकिलो बजार उपलव्ध गराउँनेछ। त्यसका अतिरिक्त, चीनले वैज्ञानिक आविस्कारलाई गतिशील तुल्याउँदै आएको कुराले चीनको वायु सेवाको प्रभावकारीतालाई उकास्ने तथा सम्बन्धित खर्चलाई घटाउँनेछ।
|