चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता छिन काँगले आज पेइचिँगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनले हाल बंगलादेश र म्यामारबीच भएको विवादमा ध्यान दिई दुई देशले सम्मान र मैत्रीपूर्ण सल्लाह गरी उचित रुपमा समाधान गर्ने आशा लिएको कुरा बताउनुभयो।
हाल बंगलादेश र म्यामारबीच सीमावर्ती समुद्री क्षेत्रको विकाससम्बन्धी समस्यामा केही विवाद उत्पन्न भएको छ। बंगलादेश र म्यामार चीनका असल छिमेकी मुलुक हुन् र चीनले दुई देशले स्थिर सम्बन्धलाई कायम राख्ने आशा लिएको कुरा बताउँदै श्री छिन काँगले दुई देशका साझा मित्रताको रुपमा चीनले उचित उपायमार्फत दुई देशबीचको विवादको समाधान गर्नका लागि भूमिका खेल्ने इच्छा लिएको कुरा बताउनुभयो।
|