चीनका उप-प्रधानमन्त्री चाङ त च्याङले आज पैचिङमा आयोजित चीनको तेश्रो सामाजिक प्रत्याभूति मञ्चको उद्घाटन समारोहमा बोल्दै जनताको जीवनयापनलाई उच्च महत्व दिनुपर्ने तथा त्यसलाई सुधार गर्नुपर्ने, सामाजिक प्रत्याभूति कार्यलाई जोडतोडसँग विकसित पार्नुपर्ने, चिनियाँ विशेषतायुक्त सामाजिक प्रत्याभूति प्रणालीको सुधारलाई गतिशील तुल्याउनुपर्ने कुरामा जोड दिनुभयो।
यस पटकको सामाजिक प्रत्याभूति मञ्चको मुख्य विषय "चीनको सामाजिक प्रत्याभूतिको बैज्ञानिक विकास" हो। चीन र विदेशका सरकारी पदाधिकारी, विशेषज्ञ तथा विद्वानहरु, व्यवसाय क्षेत्रका व्यक्तिहरु तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरु लगायत छ सय जना व्यक्तिले यस मञ्चमा भाग लिनुभएको छ।
|