चीनको अपाङ्ग संघले हिजो सुधार र खुलापनको नीति लागू भएदेखि यता चीनमा अपाङ्गहरुको अधिकारको प्रत्याभूति र अपाङ्गहरुको विकासको प्रबर्द्धनसम्बन्धी कानूनी प्रणाली प्रारम्भिक रुपमा पूरा भएको कुरा व्यक्त गरेको छ।
तथ्यांक अनुसार, चीनमा 50 वटाभन्दा ऐनहरु अपाङ्गहरुको अधिकारसित सम्बन्धित रहेका छन्। यसका साथै अपाङ्गहरुको कानूनी सहायताको प्रणाली क्रमशःपूरा भएको छ।
थाहा भए अनुसार, हाल चिनियाँ अपाङ्गहरुको पुनर्स्थापना कार्यको प्रणाली र सेवाको सञ्जाल आदि क्षेत्रहरु झन् पूर्ण भइरहेको छ। चीनमा करीब बीस हजार वटा अपाङ्गहरुको पुनर्स्थापना संस्थाहरु छन्।
|