तीस वर्षसम्मको अथक निर्माणले हुरी-बतास, बलौटे आँधी र भूक्षय पीडित चीनको उत्तर-पश्चिमी, उत्तर-पूर्वी र उत्तरी भागमा लागू भैरहेको प्रतिरक्षात्मक वनजङ्गल परियोजनाबाट उल्लेखनीय उपलब्धि प्राप्त भएको देखिन्छ।
चीनको राष्ट्रिय वन ब्यूरोअन्तर्गत उत्तरी भागको प्रतिरक्षात्मक वनजङ्गल विभागबाट प्राप्त जानकारीअनुसार, चीनको उत्तर-पश्चिमी, उत्तर-पूर्वी र उत्तरी भागमा लागू भैरहेको प्रतिरक्षात्मक वनजङ्गल परियोजना जम्मा तेह्रवटा प्रान्त, शहर तथा क्षेत्रमा रहेको छ। त्यस परियोजना लागू भएयता सारा देशमा जम्मा दुई करोड चवालीस लाख साठी हजार हेक्टरमा वृक्षरोपण गरिएको छ।
चीनको राष्ट्रिय वन ब्यूरोका प्रमुख च्या च पाङ्गका अनुसार, उक्त परियोजनाबाट देशमा दीर्घकालीन हित हुने भएको छ।
|