
चीनका प्रधानमन्त्री वन् च्या पाउले राज्य परिषद् स्थायी समितिको बैठक बोलाएर राष्ट्रभरिमा भ्याटको सुधार गर्ने निर्णय हालै गर्नुभयो ।
उक्त बैठकको निर्णयका अनुसार सन् दुइ हजार नौको जनवरी एक तारीखदेखि राष्ट्रका सबै क्षेत्र र सबै पेशामा भ्याटमा सुधार गरिनेछ। गणनाका अनुसार आगामी वर्षमा उक्त सुधार लागू गरेपछि व्यवसायहरुका लागि झण्डै एक खर्ब बीस अर्ब चिनियाँ युआन् जतिको भन्सार घटाइनेछ ।

भ्याटको सुधार बेरोकटोकसाथ लागू हुनका लागि उक्त बैठकले "जन गणतन्त्र चीनको भ्याट सम्बन्धी अस्थायी बुँदा "संशोधित मसौदा"" , "जन गणतन्त्र चीनको उपभोग भन्सारसम्बन्धी अस्थायी बुँदा "संशोधित मसौदा""र "जन गणतन्त्र चीनको सन्चालन भन्सार सम्बन्धी अस्थायी बुँदा "संशोधित मसौदा""लाई लेखाजोखा गरेर सैद्धान्तिक रुपमा पारित गरेको छ ।
|