चिनियाँ कम्युनिष्ट पार्टी तथा देशका स्वर्गीय वरिष्ठ नेता लिउ शाउ छिको शतवार्षिकी समारोहका लागि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले आज दिउँसो पैचिङ्गमा एउटा गोष्ठीको आयोजना गर्यो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय समितिअन्तर्गत सैनिक आयोगका अध्यक्ष हु चिन थाउले गोष्ठीलाई सम्बोधन गर्नुयभयो। उहाँका अनुसार, सुधार तथा खुल्लापनको इतिहाससम्बन्धी नयाँ अवधिमा चीनको विशेषतायुक्त समाजवादमा अझ जिउँदो शक्ति देखा परेको देखिन्छ।
चिनियाँ कम्युनिष्ट पार्टी तथा देशका नेतागण वन च्या पाउ, च्या छिङ्ग लिन, लि छाङ्ग छुन, सि चिन फिङ्ग, लि ख छ्याङ्ग, ह को छ्याङ्ग तथा चौ योङ्ग खाङ्ग आजैको गोष्ठीमा सम्मिलित हुनुहुन्थ्यो।
|