
चीनको छाङ्ग हो एक नम्बरको उपग्रहद्बारा खिचिएको चन्द्रमाको पहिलो पूर्ण चित्रलाई आज दिउँसो औपचारिक रुपमा सार्वजनिक गरिएको छ।

प्राप्त जानकारी अनुसार, चीनले यस पटक सार्वजनिक गरेको चन्द्रमाको पूर्ण चित्र हालसम्म विश्वमा सार्वजनिक गरिएका चन्द्रमाको चित्रहरुमध्ये सबैभन्दा पूर्ण रहेको मध्ये एक हो। त्यस चित्र सन् 2007को नोभेम्बर बीसदेखि यस वर्षको जूलाई एक तारिखसम्मको अवधिमा प्राप्त तथ्याङ्कबाट बनाइएको हो।

चीनको राष्ट्रिय प्रतिरक्षात्मक विज्ञान तथा प्रविधि ब्यूरोका जिम्मेवार व्यक्तिका अनुसार, छाङ्ग हो एक नम्बरको अवस्था राम्रो हेकाले अबउपरान्त त्यसले निरन्तर रुपमा सम्बन्धित तथ्याङ्कको संकलन गर्दैजाने कार्यक्रम छ।

|