चीनको जल-सिंचाइ मन्त्रालय अन्तर्गत जल सिंचाइ विभागका प्रमुख वांग स्याउ तोंगले आज पैचिंगमा बोल्दै भावी पांच वर्षभित्र ग्रामीण वासिन्दाहरुको खाने पानीको सुरक्षा समस्याको सर्वतोमुखी रुपमा समाधान गर्नका लागि चीनले एक खर्ब चिनियां युआन् बराबर लगानी लगाउने कुरा बताउनुभयो ।
थाहा भए अनुसार भावी पांच वर्षमा चीनले सालाखाला प्रति वर्षमा केन्द्रित रुपमा पानीको आपूर्ति गर्ने पचास हजारवटा परियोजनाको निर्माण गर्नेछ र तिरवितर रुपमा पानीको आपूर्ति गर्ने तीन लाखवटा परियोजनाको निर्माण गर्नेछ । जसबाट गाउँघरमा खाने पानी असुरक्षित अवस्थामा रहेका जनसंख्या वर्षैपिच्छे चार करोड चौवन्न लाख घटाउन सकियोस् ।
चालू वर्षका पछिल्ला तीन महिनामा चीनले एक करोड पचास लाख जति ग्रामीण जनसंख्याको खाने पानीको सुरक्षा समस्याको समाधान गर्नका लागि गाउँघरमा खाने पानीको सुरक्षा सम्बन्धी परियोजनाको निर्माणमा पांच अर्ब चिनियां युआन्को लगानी लगाउनेछ ।
|