चीन सरकारले आज "राष्ट्रिय खाद्यान्न सुरक्षा मध्य-दीर्घकालिन योजना" सार्वजनिक गरेको छ। सो योजनामा चीनको खाद्यान्न आत्म-निर्भरता 95 प्रतिशतभन्दा बढी पुगेको जानकारी दिइयो। सन् 2020सम्म चीनको वार्षिक कूल खाद्यान्न उत्पादन पाँच खर्ब चालीस अर्ब के.जी. पुग्नेछ।
चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उप-प्रमुख चाङ स्याउ छ्याङले हाल ऊर्जा स्रोत कम रहेको तथा मौसम-परिवर्तन समेतले खाद्यान्न सुरक्षामा गम्भीर चुनौति देखापरेको कुरा बताउँनुभयो।
उहाँले सो योजनाबमोजिम् चीन सरकारले सन 2009 देखि 2020सम्म ठूलो परिमाणको रकम कृषिमा लगानी गर्ने जानकारी दिनुभयो।
|