
चिनियां अपांग संघको पांचौं राष्ट्रिय अधिवेशन आज पैचिंगमा सम्पन्न भयो । सो अधिवेशनले व्यापक अपांगहरु तथा अपांग सम्बन्धी कार्यकर्ताहरुको वैज्ञानिक विकासको दृष्टिकोणको कार्यान्वयन गर्ने नयां आरम्भ-विन्दुदेखि अपांगहरुको कार्यलाई द्रुत रुपमा विकसित पार्ने र सर्वतोमुखी रुपमा सम्पन्न समाजको निर्माण गर्नका लागि संघर्ष गर्न आव्हान गरेको छ ।

उक्त अधिवेशनले तंग फू फांगलाई चिनियां अपांग संघको पांचौं अध्यक्ष मण्डलको मानार्थ अध्यक्षको पदमा र श्रीमति चांग हाइ दिलाई चिनियां अपांग संघको पांचौं अध्यक्ष मण्डलका अध्यक्षको पदमा निर्वाचित गरेको जनाइएको छ ।

चीनका उपप्रधानमन्त्री र राज्य परिषद्को अपांग कार्य समितिका प्रमुख व्ही ल्यांग युले उक्त समापन समारोहमा आफ्नो मन्तव्य दिनुभएको थियो।

|