चीनको परराष्ट्र उप-मन्त्री उ ता विले हिजो पेइचिङ्गमा उत्तर कोरियाको विदेश मन्त्रालय अन्तर्गत अमेरिका मामिला व्यूरोका प्रमुख लि गोनसँग भेट-घाट गर्नुभएको छ। यस भेट-घाटको अवधिमा दुबै पक्षले छ पक्षिय वार्ताको वर्तमान परिस्थिति र आगामी कार्यबारे बैचारिक आदान-प्रदान गरेका छन।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झिन काङ्गले आज आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार हाल छ पक्षिय वार्ता दोस्रो चरणमा उतार्ने अवधिमा रहेको छ। सम्बन्धित विभिन्न पक्षले संयुक्त प्रयास गरेर प्रगति हासिल गर्न प्रवर्द्धन गर्न र निरन्तर रुपमा त्यसका लागि रचनात्मक भूमिका निर्वाह गर्दै जाने चीनले आशा गरेको छ।
|