china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सी.आर.आईप्रति नेपाली श्रोताहरुको प्रशंसा-कवि
    (GMT+08:00) 2008-11-13 19:16:36    

            कुपणडोल ललितपुर,एड्भान्सड इन्जीनियरिङ कलेज एण्ड म्यानेजमन्टमा पढिरहनुभएका हाम्रा नियमित श्रोता तरुण रायले हामीलाई पठाउनुभएको पत्रमा भन्नुभयो-

            म सी.आर.आई.को नियमित श्रोता तरुण राय हु।

             सर्वप्रथम म सी.आर.आई.को उत्तरोत्तर प्रगतिको कामना गर्दछु। म यस रेडियोबाट प्रसार गरिने सबै कार्यक्रमहरु नियमित रुपमा सुन्दछु।

             मलाई अति नै मन पर्ने कार्यक्रम रमाइलो शनिबार सधैं सुन्नेगर्दछु। म अहिले काठमाडौंमा छु जहाँ तपाईंको रेडियो एकदमै प्रष्ट सुनिन्छ। पत्र मन्जुषा कार्यक्रम पनि मलाई अति नै मन पर्छ। मितेरी पुल पनि मलाई धेरै मन पर्छ। खासगरी सी.आर.आई.का कार्यक्रमहरु अरुको तुलनामा बढी ज्ञानबर्धक हुने भएकाले म यो रेडियो सुन्नेगर्दछु।

             " म र सिआरआई "ज्ञान विज्ञान प्रितयोगितामा विशेष पुरष्कार प्राप्त विजेता लोकेन्द्र काफ्ले चीनको भ्रमणमा आउनुभएको कुरा धेरै श्रोताहरुलाई प्रेरित गरेको छ। नेपाल चीन मैत्री परिषद एवं सि. आर. आई. श्रोता क्लबहरुको पूर्वाञ्चल परिषद, दमक, झापाका डा. अध्यक्ष नविन चापागाईले हामीलाई पठाउनुभएको पत्रमा भन्नुभयो-

              सि. आर. आई. नेपाली कार्यक्रमले यस पटक सञ्चालन गरेको "म र सि. आर. आई." ज्ञान विज्ञान प्रतियोगिता र "चीनको व्यावसायिक शिक्षण " नामक अर्को ज्ञान विज्ञान प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेकोमा हाम्रो यस पूर्वाञ्चल परिषदको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।सधैंभरी यस्ता ज्ञान विज्ञान प्रतियोगिताले चीनको वारेमा जान्ने बुझ्ने मौका धेरै नेपालीहरुले पाएका छन् र प्रतियोगितामा भाग लिई धेरैले पुरस्कार जित्ने र चीनको भ्रमण गर्ने अवसर पनि पाएका छन् । यस्ता कार्यत्रmमहरुले नेपाल र चीन अनि नेपाली र चीनियाँ जनता बीचको सम्बन्ध अझ प्रगाढ हुदै गएको छ । नेपाल चीन बीचको मित्रता सधैं अटल र अमर रहोस ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040