china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा खाद्यान्नको सुरक्षाबारे मध्य तथा दीर्घकालीन योजना सार्वजनिक
    (GMT+08:00) 2008-11-13 19:28:23    

             खाद्यान्नको सुरक्षाबारे चीनको पहिलो मध्य तथा दीर्घकालीन योजना अर्थात "खाद्यान्नको सुरक्षाबारे राष्ट्रिय मध्य तथा दीर्घकालीन योजना, 2008--2020" आज सार्वजनिक गरियो। यसमा चीनमा खाद्यान्नको आपूर्ति दर 59 प्रतिशत जति कायमै हुनुका साथै सन 2020 सम्ममा खाद्यान्नको मिलीजुली उत्पादन क्षमता पाँच खर्ब चालिस अर्ब किलोग्रामभन्दा बढी पुग्ने लक्ष्य प्रस्तुत गरिएको छ। चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उप-प्रमुख चांग स्याउ छ्यांगले यो योजना नै चीनले ग्रामीण क्षेत्रको निर्माणलाई अघि बढाउने एउटा महत्वपूर्ण रणनैतिक कदम हो भन्दै यसबाट चीनले आफ्नो खाद्यान्नको सुरक्षालाई सारा विश्वमा खाद्यन्न आपूर्तिको कूल बनौटमा राखेर सम्बन्धित बिषयबारे विचार गरेको कुरा प्रतिबिम्बित भएको कुरा पनि बताउनुभएको छ। यसका साथै उहाँले विदेशमा खेतीको सञ्चय गरेको चीनको योजना रहेको भनाइलाई अस्वीकार गर्नुभएको छ।

                 चीनको राज्य परिषदको प्रेस कार्यालयले आज एउटा पत्रकार सम्मेलन आयोजना गरेको थियो। यस अवसरमा चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उप-प्रमुख चांग स्याउ छ्यांगले चीनद्बारा सार्वजनिक गरिएको "खाद्यान्नको सुरक्षाबारे राष्ट्रिय मध्य तथा दीर्घकालीन योजना, 2008--2020" का सम्बन्धित अवस्थाबारे जानकारी दिनुभयो। उहाँका अनुसार चीन सरकारले कृषि व्यवसायलाई सधैं नै राष्ट्रिय विकासको पहिलो स्थानमा राखेको र विशेष गरी, सन 2004 यता कृषि व्यवसायको समर्थन गर्ने र किसानलाई कल्याण पुर्‍याउँने अनेकौं नीतिको कार्यान्वयनमा चीनमा खाद्यान्नको उत्पादन परिमाण निरन्तर रुपमा बृद्धि हुँदै आएको छ। खाद्यान्नको आपूर्ति तथा मागबीचको सम्बन्ध पनि स्पष्टताका साथ सुधार हुँदै आएको छ। गत पाँच वर्षयता चीनमा अविच्छिन्न रुपमा बढी उब्जनी भएको छ। तर चीनमा खाद्यान्न सुरक्षासामु अझ ठूलो चुनौति देखा परेको कुरा बताउँदै श्री चांग स्याउ छ्यांगले भन्नुभयोः

                "औद्योगिकीकरण र शहरीकरणको विकास हुँदै आएको साथसाथै चीनको जनसंख्या पनि बृद्धि हुँदै आएको छ भने चिनियाँ जनताको जीवन-स्तर पनि सुधार हुँदै आएको देखिन्छ। यस परिप्रेक्ष्यमा चीनमा खाद्यान्नको उपभोगको माग पनि बढिरहेको छ। तर खेतीयोग्य जमिनको क्षेत्रफल कम भएको, जलस्रोतको अभाव देखापरेको र मौसम-परिवर्तन भएको कुराबाट खाद्यान्न उत्पादनको विकासलाई दिन- प्रतिदिन ठूलो परिमाणमा नियन्त्रण गरिएको छ। गत लामो समययता चीनमा खाद्यान्नको आपूर्ति र मागबीच केही तनाव भएतापनि समष्टिगत रुपमा सन्तुलित भएको छ। राष्ट्रिय खाद्यान्नको सुरक्षा तथा मुख्य कृषिजन्य वस्तुको आपूर्तिको प्रत्याभूतिमा ठूलो दबाब आएको छ। गत केही वर्षयता अन्तर्राष्ट्रिय समाजमा नयाँ चरणको खाद्यान्न संकट देखापरेको छ। केही मुलुकमा खाद्यान्नको अभावबाट हूलदंगा उत्पन्न भएको छ। यसले हामीलाई जहिल्यै पनि खाद्यान्नको सुरक्षामा महत्व दिइरहनु पर्छ भन्ने शिक्षा दिएको छ। त्यसैले खाद्यान्नको सुरक्षाबारे एउटा रणनैतिक बिषयका रुपमा विशेष योजना तर्जुमा गर्नुपर्छ।"

                "खाद्यान्नको सुरक्षाबारे राष्ट्रिय मध्य तथा दीर्घकालीन योजना, 2008--2020" मा चीनले खाद्यान्नको आत्म-आपूर्ति दरलाई सधैं नै 95 प्रतिशत जति कायमै राख्नुपर्ने नीति अन्तर्राष्ट्रिय खाद्यान्न सुरक्षा बजारमा सकारात्मक रहेको छ। यसबारे चर्चा गर्दै चीनको कृषि मन्त्रालयका सम्बन्धित विशेषज्ञ चाउ यु थेनले भन्नुभयोः

                "सारा विश्वमा खाद्यान्नको अभाव तथा बैंकिङ संकटको अवस्थामा हाम्रो यस्तो नीतिको सकारात्मक महत्व हुन्छ। सर्वप्रथम सारा विश्वमा खाद्यान्नको अभाव देखापरेको अवस्थामा चीनभित्र असन्तुलित संकट आएको छैन। दोस्रो कुरा यसले सारा विश्वमा खाद्यन्नको आपूर्तिका लागि साकारात्मक भूमिकाको निर्वाह गर्नसक्छ। र तेस्रो कुरा सारा विश्वमा खाद्यन्नको मूल्यको स्थिरताका लागि पनि यसको ठूलो भूमिका रहेको छ।"

                  सन 2020 सम्ममा चीनले खाद्यान्नको मिलीजुली उत्पादन क्षमतालाई पाँच खर्ब चालिस अर्ब किलोग्रामसस्म पुर्‍याउँने लक्ष्यप्रति श्री चाउ यु थेन विश्वस्त हुनुहुन्छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                 "यस लक्ष्यलाई साकार तुल्याउन सक्ने विश्वास मैले गरेको छु। खाद्यान्नको उत्पादन परिमाणलाई बढाउने सबैभन्दा ठूलो निहित शक्ति नै हरेक क्षेत्रफलको उत्पादन परिमाणलाई बढाउनु हो।"

                  आजको पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उप-प्रमुख चांग स्याउ छ्यांगले "चीनले विदेशमा खेतीको संचय गरेको" भनाईको अस्वीकार गर्दै भन्नुभयोः

                 "कृषि व्यवसायको विकास बाहिर जानुपर्ने भन्ने चीनले तय गरेको धारणा भनेको अन्तर्राष्ट्रिय सहयोगको क्रममा खाद्यान्नको स्थिर तथा विश्वस्त आयात मुहानको प्रत्याभूत प्रणालीको निर्माण गरी सम्बन्धित शर्त ठीक हुने ठाउँमा विभिन्न तरिकामार्फत विदेशका सम्बन्धित व्यवसायसँगसँगै खाद्यान्न ,सागसब्जी तथा फलफूलको खेती गर्नु हो।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040