चीनको अन्तर्राष्ट्रिय खनिज सम्मेलन सन् 2008 गत एघार तारिखदेखि आजसम्म पैचिङ्गमा भयो। उक्त सम्मेलनमा चीनका उप प्रधानमन्त्री लि ख छ्याङ्गले चीनले निरन्तर रुपमा खनिज क्षेत्रको खुल्लापनको अझ विस्तार गर्दैजाने कुरा बताउनुभयो।
श्री लि ख छ्याङ्गले सम्मेलनलाई पठाउनुभएको बधाई संदेशमा उक्त कुरा औंल्याउनुभएको हो। साथै उहाँले हाल अन्तर्राष्ट्रिय आर्थिक स्थितिमा धेरै परिवर्तन देखा परेको सन्दर्भमा अन्तर्राष्ट्रिय खनिज क्षेत्रले आपसी सहयोगलाई सबल पार्नुपर्ने आव्हान पनि गर्नुभएको छ।
|