बीस वटा मुलुक समूहका बैंकिङ्ग बजार र विश्वको अर्थतन्त्रसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनका लागि चीनका राष्ट्राध्यक्ष हु चिंग थाउ आज दिउंसो विशेष विमानव्दारा पैचिंगबाट वाशिङ्टनतर्फ प्रस्थान गर्नुभयो ।
वाशिङ्टन हु चिंग थाउको भ्रमणको पहिलो मुकाम हो । यस पल्ट दुइ हप्तासम्मको भ्रमणमा पेरुको राजधानी लिमामा आयोजना हुने एशिया प्रशान्त आर्थिक सहयोग संगठनका सोह्रौ अनौपचारिक शिखर सम्मेलनमा सहभागी हुनुका साथै हु चिंग थाउद्वारा कोस्टारिका , क्यूबा , पेरु र ग्रीसको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।
|