चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज फ्रान्सका राष्ट्रपति निभोलास सार्कोजीले दालाइसँग भेट गर्नुहुने कुराबारे पत्रकारद्बारा सोधिएको प्रश्नलाई जवाफ दिंदै चीनले विदेशी नेनागणले दालाइसँग कुनै पनि किसिमको सम्पर्क गरेमा त्यसको चीनले कडा विरोध गर्ने कुरा बताउनुभएको छ।
समाचार अनुसार फ्रान्सका राष्ट्रपति निभोलास सार्कोजीले आगामी महिनाको छ तारिखका दिन पोल्याण्डमा भूतपूर्व राष्ट्रपतिले नोवेल पुरस्कार प्राप्त गर्नुभएको 25 औं वार्षिकोत्सव समारोहमा भाग लिनुभएको अवधिमा दालाइसँग भेट गर्ने कुरा बताउनुभएको छ।
यसप्रति श्री छिन काङ्गले चीन-फ्रान्सबीचको सम्बन्ध हाल सुधार र विकासको परिस्थितिलाई ख्याल राख्दै आएको छ भन्दै फ्रान्सले एउटा चीन भन्ने नीतिलाई कायम राख्न चीनले आग्रह गरेको कुरा बताउनुभएको छ
|