china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अमेरिका र यूरोप भ्रमण
    (GMT+08:00) 2008-11-14 19:32:20    

           चीनका राष्ट्राध्यक्ष हु चिन थाउ दुइ साताको भ्रमणका लागि आज पैचिंगबाट वासिङ्टनतर्फ प्रस्थान गर्नुभएको छ। भ्रमणका अवधिमा राष्ट्राध्यक्ष हुले बीस वटा मुलुक समूहको शिखर सम्मेलन र एशिया प्रशान्त आर्थिक सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनुका साथै कोस्टारिका, क्यूबा, पेरु, ग्रिस ती चार वटा मुलुकको भ्रमण पनि गर्नुहुने कार्यक्रम छ। चीनका सर्वोच्च नेताको यस पल्टको भ्रमणले बैंकिङ्ग संकट आदि मुख्य अन्तर्राष्ट्रिय चर्चित समस्यामा चीनको अडान तथा धारणा व्यक्त गर्ने मात्र नभई भविष्यमा चीन र सम्बन्धित मुलुकहरु बीचको द्बिपक्षीय सहयोगको विकासका दिशा स्पष्ट पार्ने छ। अब हाम्रा सम्बाददाताले पठाएको यो विवरण सुन्नुहोसः

                राष्ट्राध्यक्षको यस पल्टको भ्रमणको पहिलो मुकाम वासिङ्टन हो। स्थानिय समय अनुसार पन्ध्र तारिखका विहान बीस वटा मुलुक समूहका बैंकिङ्ग बजार र विश्वको अर्थतन्त्रसम्बन्धी शिखर सम्मेलन वासिङ्टनमा आयोजित हुने छ। बाहिरी पक्षले यस सम्मेलनमा भाग लिनुभएका मुख्य विकासित मुलुक र विकासुन्मुख मुलुकहरुले हातमा हात मिलाएर आर्थिक बजारको उद्धारका कदम चाल्ने आशा लिनुका साथै यस सम्मेलनमा छलफल हुने अन्तर्राष्ट्रिय बैंकिङ्ग प्रणालीको सुधारसम्बन्धी विषयमा पनि निकै महत्व दिइएको छ। विश्वमा सबैभन्दा ठूलो विकासुन्मुख मुलुकको हैसियतमा रहेर शिखर सम्मेलनमा चीनको अडान तथा धारणा निकै आकर्षित हुने भएको छ।

               चीनका परराष्ट्र उपमन्त्री ह या फैले हाम्रा सम्बाददातासित कुराकानी गर्दै शिखर सम्मेलनमा चीनको आधारभूत अडानको संकेत गर्नुभएको छः

               हामीले विकासुन्मख मुलुक विशेष गरी सबैभन्दा विपन्न मुलुकको वातावरणमा ध्यान दिनुपर्ने छ। विभिन्न पक्षले जिम्मा लिनुपर्ने कुरामा पनि हामीले ध्यान दिने छौं। उदाहरणका लागि विकसित मुलुकले समष्टिगत आर्थिक नीति लागू गर्दै यसबाट विश्वको अर्थतन्त्र र अरु मुलुक विशेष गरी विकासुन्मुख मुलुकमा पर्नसकिने असरप्रति विचार गर्नुपर्ने छ।

               उहाँकाअनुसार, विश्वका मुख्य मुलुकहरुले शिखर सम्मेलनद्बारा मध्यस्थ गरी संयुक्तरुपमा चुनौतिको सामना गर्नुपर्ने, सम्मेलनका सहभागीहरुले बजारको विश्वास उजागर गर्ने र बैंकिङ्ग व्यवस्थाको अनुगमन तथा व्यवस्थापनलाई सबल पार्ने कदम चाल्नुका साथै अन्तर्राष्ट्रिय बैंकिङ्ग प्रणालीको सुधारप्रति सकृय रहेर योजना गर्नुपर्ने चीनको ठहर छ।

              उपमन्त्री ह या फैले सम्बन्धित पक्षले खुलस्त धारणा लिएर अन्तर्राष्ट्रिय बैंकिङ्ग प्रणालीमा सुधार गर्नुपर्ने र यस सुधार दीर्घकालिन हुने कुरामा ध्यान दिनुपर्ने कुरा प्रकट गर्नुभयो।

              चीन पक्षले पर्याप्त छलफल गरी अन्तर्राष्ट्रिय बैंकिङ्ग प्रणालीमा सकारात्मक तथा प्रभावकारी सुधार गरेर अन्तमा निष्पक्ष, न्यायीक एवम् दरिलो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बैंकिङ्ग प्रणालीको स्थापना गर्ने आशा लिएको छ। यसका लागि विभिन्न पक्षले प्रयास गर्नुपर्ने छ।

              एशिया प्रशान्त आर्थिक सहयोग संगठनका सोह्रौ अनौपचारिक शिखर सम्मेलन बाईस तारिखदेखि तेईस तारिखसम्म पेरुमा आयोजना हुने छ। अन्तर्राष्ट्रिय बैंकिङ्ग संकट, खाद्य पदार्थ र ऊर्जा श्रोतको सुरक्षा आदि ठूलो समस्यामा एशिया प्रशान्त क्षेत्रमा सबैभन्दा महत्वपूर्ण आर्थिक मञ्चले "एशिया प्रशान्त क्षेत्रको विकासको नयाँ वचनबद्धता" कसरी दिने भन्ने रहेको छ? यो त निकै सान्दर्भिक विषय पनि हो। एशिया प्रशान्त आर्थिक सहयोग संगठनका महत्वपूर्ण सदस्य मुलुकहरु वीच चीनको धारणा पनि चर्चित छ। चीनका परराष्ट्र उपमन्त्री ह या फैंले हाम्रा सम्बाददातालाई संकेत गर्दै भन्नुभयोः

              चीनका राष्ट्राध्यक्ष हु चिन थाउले नेतागणको अनौपचारिक सम्मेलनमा हालको अन्तर्राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग स्थिति र खाद्य पदार्थ तथा ऊर्जा श्रोतको सुरक्षा आदि महत्वपूर्ण विषयबारे आफ्नो धारणा व्यक्त गर्नुका साथै एपेकका विभिन्न पक्षको सहयोगलाई अघि बढाउनका लागि ठोस प्रस्ताव पनि पेश गर्नुहुने छ। नेताहरु र एपेकका उद्योग वाणिज्य परामर्श परिषद्का प्रतिनिधिहरु बीचको सम्मेलनमा राष्ट्राध्यक्ष हुले प्रतिनिधिहरुसित अर्थतन्त्र, बैंकिङ्ग आदि विषयबारे गहिरो रुपमा विचार आदानप्रदान गर्नुहुने छ।

              दुइ वटा शिखर सम्मेलनको तुलनामा राष्ट्राध्यक्ष हु चिन थाउले गर्नुहुने ल्याटिन अमेरिकाका तीन वटा मुलुक तथा ग्रिसको भ्रमण पनि महत्वपूर्ण छ। चीन र कोस्टारिका बीचको दौत्य सम्बन्ध सन् 2007को जुन महिनामा स्थापना भएको हो। स्थापना भएको एक वर्षदेखि यत्ता दुवै मुलुकका अर्थतन्त्र तथा व्यापार, संस्कृति आदि पक्षको आदानप्रदान तथा सहयोगको विकास द्रुत भएको छ।

              चीनको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार, आपसि हित तथा सहयोगलाई विस्तृत पार्नका लागि राष्ट्राध्यक्ष हुको भ्रमणको अवधिमा दुबै पक्षले अर्थतन्त्र तथा व्यापार, बैंकिङ्ग , ऊर्जा श्रोत, शिक्षा, विज्ञान तथा प्रविधि आदि क्षेत्रको सहयोगात्मक दस्ताबेजमा हस्ताक्षर गर्ने छन। क्यूबा, पेरु लाटिन अमेरिका महाद्बिपमा चीनका पूराना साथी हुन। यस पल्टको भ्रमणले चीन र यी दुइ वटा मुलुक बीचको परम्परागत मैत्रिपूर्ण सहयोगलाई बढाउने छ।

              चीनका राष्ट्राध्यक्ष हु चिन थाउको यस पल्टको भ्रमणको अन्तिम मुकाम ग्रिस हो। चीनका राष्ट्रिय नेताले ग्रिसको भ्रमण गर्नुभएको यो दोस्रो पटक हो। हु चिन थाउले चीनका राष्ट्राध्यक्षको पद सम्हालेपछि ग्रिसको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। यस पल्टको भ्रमणले चीन-ग्रिस सकारात्मक रणनैतिक साझेदारी सम्बन्धको विकासलाई आवश्यक रुपमा अघि बढाउने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040