china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    राष्ट्राध्यक्ष हुव्दारा अन्तर्राष्ट्रिय बैकिङ्ग शिखर सम्मेलनमा सहभागी भई निकै महत्वपूर्ण नतीजा प्राप्त भएको -परराष्ट्रमन्त्री
    (GMT+08:00) 2008-11-17 19:11:04    

           नोभेम्बर चौधदेखि पन्ध्र तारिखका दिनसम्म चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आमन्त्रित भई वाशिन्टनमा आयोजित बीस मुलुक समूह नेतागण बैकिङ्ग बजार र विश्व आर्थिक शिखर सम्मेलनमा सहभागी हुनुभयो। उक्त कार्यक्रम सम्पन्न भएपछि कोस्टारिकाको राजकीय भ्रमण गर्न जाने बाटोमा उहाँलाई साथ दिनुभएका चिनियाँ परराष्ट्रमन्त्री याङ्ग चे छले पत्रकारसँगको अन्तर्वार्तामा बोल्दै श्री हु सहभागी हुनुभएको उक्त शिखर सम्मेलनले निकै महत्वपूर्ण नतीजा प्राप्त गरेको छ। त्यस अवसरमा उहाँले पेश गर्नुभएको बैकिङ्ग प्रणाणीको सुधारसम्बन्धी चार वटा कदमहरुले अन्तर्राष्ट्रिय बैकिङ्ग प्रणालीको सुधारको ठीक दिशालाई निर्देशित गरेको छ भन्न सकिन्छ। त्यसको अतिरिक्त उहाँको सम्बोधनमा देखाइएको अडानले व्यापक विकासोन्मुख मुलुकहरुका हित-कल्याणहरुको संरक्षण गरेको छ।

            परराष्ट्र मन्त्री याङ्गको भनाइअनुसार यस पटकको शिखर सम्मेलन अन्तर्राष्ट्रिय मौद्रिक संकटव्दारा अन्तर्राष्ट्रिय बैकिङ्ग बजारमाथि निकै गम्भीर प्रभाव ल्याई विश्वका विभिन्न मुलुकहरुको आर्थिक विकास र जनताको जीवन-यापनमाथि ठूलो प्रभाव पारिएको पृष्ठभूमिमा आयोजना गरिएको हो। त्यस अवसरमा उहाँले त्यहाँ उपस्थित भएकाहरुसित मौद्रिक संकट भएका कारणहरुबारे छलफल गर्नुका साथै विश्वव्यापी अर्थतन्त्रको विकासलाई बढाउनका लागि के के गर्नु पर्ने कदमहरुबारे सं‍युक्त रुपमा खोज्नुभएको छ। उक्त शिखर सम्मेलनले प्राप्त गरेका नतिजाहरु यस प्रकार छन्-

             एक. अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना गर्न चौतर्फी र गहिरो रुपमा महत्वपूर्ण धारणाहरुबारे व्याख्या गरिएको छ। त्यस अवसरमा श्री हुले निकै महत्वपूर्ण सम्बोधन गरी अन्तर्राष्ट्रिय मौद्रिक संकट उत्पन्न भएका स्रोतहरुबारे व्याख्या गरेर के कुरा औंल्याउनुभएको छ भने ती कारणहरुमध्ये समष्टिगत आर्थिक नीति बेठीक छ भने बैकिङ्गको निगरानीको अभाव पनि छ। त्यसै भएको हुनाले आफ्नो संकल्पलाई बढाउन र आ-आफ्नोबीच समन्वय र घनिष्ट सहयोगलाई सबल पार्न उहाँले आव्हान् गर्नुभएको छ। त्यसका साथै उहाँले अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना गर्नेसम्बन्धी चीनका धारणाहरु पनि तय गर्नुभएको छ।

             दुई, चीन सरकारले आर्थिक विकास र बैकिङ्गको स्थायीत्वको प्रत्याभूति गर्न चाल्दै आएका वा चाल्न लागेका महत्वपूर्ण कदमहरुबारे जानकारी दिनुका साथै तिनको प्रचार-प्रसार गरेको छ।

             तीन, अन्तर्राष्ट्रिय बैकिङ्ग प्रणालीको सुधारको सही दिशालाई निर्देशित गरेको छ। । यो यस पटकको शिखर सम्मेलनको केन्द्रीय विषयबस्तु पनि नै हो।

             चार, व्यापक विकासोन्मुख मुलुकहरुको हित-कल्याणको संरक्षण गरिएको छ।

             पाँच, चीन र सम्बन्धित मुलुकबीचको व्दिपक्षीय सम्बन्धको विकासलाई बढाइएको छ।

             त्यस अवसरमा परराष्ट्र मन्त्री याङ्गको भनाइअनुसार श्री हुले उपर्युक्त शिखर सम्मेलनमा सहभागी भई पूर्व निर्धारित उद्देष्य भेटाउनुभएको छ। यसमा निकै महत्वपूर्ण अर्थ रहेको छ।

             थाहा भएअनुसार श्री हुले कोस्टारिका, क्यूबा, पेरु र ग्रिसको भ्रमण गर्नुका साथै पेरुमा आयोजना हुन लागेको एशिया-प्रशान्त आर्थिक सहयोगी संगठनको सौह्रौं अनौपचारिक सम्मेलनमा सहभागी हुनुहुने कार्यक्रम छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040