
कोस्टारिकाका राष्ट्रपति ओस्कार एरियस सान्चेको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष हु चिन थाउ सोह्र तारिख दिउँसो कोस्टारिकाको राजधानी सान जोसमा पुगी कोस्टारिकाको पहिलो राजकीय भ्रमण शुरु गर्नुभयो। चीनका नेताले मध्य-अमेरिकी मुलुकको भ्रमण गर्नुभएको यो पहिलो पटक हो।

राष्ट्राध्यक्ष हु चिन थाउले विमानस्थलमा लिखित मन्तब्य दिँदै कोस्टारिका मध्य-अमेरिका क्षेत्रको महत्वपूर्ण मुलुक हो भन्दै मध्य-अमेरिकी क्षेत्र चीनको महत्वपूर्ण सहयोगात्मक साझेदार हो भन्ने कुरा बताउनुभयो। उहाँले यस पटकको भ्रमणले दुई मुलुकहरुबीचको मित्रतालाई सबल पार्ने, आपसी विश्वास बढाउने, सहयोगलाई विस्तार गर्ने तथा विकासलाई संयुक्त रुपमा खोज्ने कुरामा विश्वास गर्नुभयो।

राष्ट्राध्यक्ष हु चिन थाउले सोह्र तारिख मध्यान्ह अमेरिकाको वाशिङटनबाट कोस्टारिकातर्फ प्रस्थान गर्नुभएको हो।
|