 चीनको अर्थ मन्त्रालयले आज सत्र तारिखका दिन यस वर्षदेखि यता तेस्रो पटक निर्यात व्यवस्था तथा सम्बन्धित् मालसामानहरको परिधि र कर सार्वजनिक गरेको छ। थाहा भएअनुसार तिनमा मेशिन र अरु उत्पादित वस्तुलगायत् तीन हजार सात सय सत्तरी मालसामानहरु समावेश छन्।
थाहा भएअनुसार चीनका प्रधानमन्त्री वन च्या पाउले राज्य परिषदको स्थायी समितिको बैठकको अध्यक्षता गर्नुभएको थियो। उक्त बैठकले यस वर्षको उत्तरार्धमा दुई पटक उपर्युक्त प्रकारको दरलाई माथि उकासेको आधारमा सन् 2008को अक्टोबर एक तारिखदेखि तेस्रो पटक उपयुक्त दर कायम गर्ने निर्णय गरेको छ।
|