 चीनको केन्द्रीय बैंक चिनियाँ जन बैंकले आज सार्वजनिक गरेको प्रतिबेदनका अनुसार, विश्वको बैंकिंग संकट तथा स्वदेशमा गएको विनाशकारी दैवि प्रकोपले चीनको अर्थतन्त्रको स्थिर तथा तिब्र विकासको आधारभूत परिस्थितिमा परिवर्तन भएको छैन। आर्थिक बृद्धिलाई जोडतोडसँग सहायता पुर्याउनका लागि चिनियाँ जन बैंकले विविध बैंकिंग कदम चाल्नेछ।
त्यस प्रतिबेदनका अनुसार, चिनियाँ जन बैंकले मुद्राकोषसम्बन्धी उचित खुकुलो नीति लागू गर्ने, आन्तरिक मागलाई बढाउने र चिनियाँ युआन तथा बैंकिंग व्यवस्थाको स्थिरताको संरक्षण गर्नेछ।
|