
अहिले मैले पारा ओलम्पिकमा सेवा गर्न आयोजन समितिलाई आफ्नो अनुरोध प्रस्तुत गर्न सोच-विचार गर्दै आएको छु। यदि विश्वविद्यालयले हाम्रो पढाइको शुरु हुने मितिलाई पछि सारेमा म पारा ओलम्पिक खेलकुदमा सेवा गर्न प्रयास गर्नेछु। पैचिङ्ग ओलम्पिक र पारा ओलम्पिकमा सेवा गर्ने अवसर धेरै अमूल्य छ। मैले पैचिङ्गमा पढाइ हासिल गर्नुका साथै विश्वको समारोहमा सेवा गर्ने अवसर पनि हासिल गरें। कति सौभाग्य छ हँ? पैचिङ्ग ओलम्पिक खेलकुदमा सेवा गर्ने इच्छा रहेका धेरैजसो चिनियाँ विद्यार्थीहरुले उक्त मौका पाउनु भएको छैन। यसबाहेक केही विदेशी विद्यार्थीहरुले पैचिङ्ग ओलम्पिक खेलकुदमा सेवा गर्नका लागि पैचिङ्गमा पढ्न आउनुभएको छ, तर मौका पाउनु भएको छैन। त्यसैले मैले उक्त अवसरलाई धेरै माया दिएँ।

पैचिङ्ग ओलम्पिक खेलकुदमा सेवा गर्ने धेरैजसो विश्वविद्यालयका विद्यार्थी हुनुहुन्छ। स्वयम-सेवकहरुमा केही विदेशबाट बोलाइएका मानिस हुनुहुन्छ। उहाँहरु चिनियाँ मूलका विदेशीहरु अथवा विदेशमा जीवन विताउने चिनियाँहरु हुनुहुन्छ। यस वर्षको जून महिनामा बेलायतको बास विश्व-विद्यालयमा स्नातक हुनभएको वाङ्ग फाङ्ग बेलायत प्रतिनिधि मण्डलका प्रमुखका सहायक हुनुहुन्छ। पैचिङ्ग ओलम्पिक खेलकुदको अवसरमा वाङ्ग फाङ्ग धेरै व्यस्त हुनुहुन्छ। हरेक दिन धेरै पदाधिकारीहरुलाई सेवा गर्नुका साथै पत्रकारहरुलाई अन्तर्वाता दिनुपर्छ। राती दशबजेसम्म विदा हुन्थ्यो। घर पुग्नका लागि बसबाट एक घण्टा लाग्छ। तर वाङ्ग फाङ्गलाई थकाइ लाग्दैन। वितेका केही दिन यता बेलायत प्रतिनिधि मण्डल अथवा विदेशबाट आउनुभएका स्वयम-सेवकहरुसँग काम गर्दा एक जना चिनियाँ भएको हुनाले उहाँलाई गौरब लागेको छ।उहाँले भन्नुभयो—
उद्घाटन समारोह सम्पन्न भएपछि मैले बेलायत प्रतिनिधि मण्डलका प्रमुखलाई कस्तो लागेको छ भनी सोधें। अनि उहाँले भन्नुभयो, उहाँको विचारमा उक्त उद्घाटन समारोह वितेका केही पटकको ओलम्पिक खेलकुदको उद्घाटन समारोहभन्दा सबैभन्दा राम्रो छ। उक्त जवाफ सुनेर मलाई धेरै खुसी लाग्यो। प्रमुख जीले सधैं मलाई बताउंदै आउनु भएको छ, उहाँले बाह्र पटकसम्म ओलम्पिक खेलकुदमा भाग लिनुभयो र पैचिङ्ग ओलम्पिक खेलकुदको ओलम्पिक ग्राम सबैभन्दा राम्रो छ। विभिन्न मुलुकहरुका पत्रकारलाई दिनुभएको अन्तर्वार्तामा उहाँले पनि यस्तो जानकारी दिनुभएको छ। साँचै भन्ने हो भने एक जना चिनियाँ भएकोले मलाई धेरै गौरब लाग्यो।
पैचिङ्ग ओलम्पिक खेलकुदमा प्रतियोगितासम्बन्धी स्वयम-सेवकबाहेक धेरैजसो शहरी स्वयम-सेवकहरु छन्। उहाँहरुले शहरको सडक र चोकमा काम गर्नुहुन्थ्यो। पैचिङ्ग ओलम्पिक खेलकुदमा भाग लिने सम्बन्धित व्यक्तिहरु, विदेशी पर्यटकहरु र शहरबासीहरुको जवाफ दिने र जरुरी सेवा गर्ने उहाँहरुको काम रहेको छ।

पैचिङ्गको पश्चिमी भागमा रहेको श चिङ्ग शान नामक रमिता गर्ने पार्कको ढोकाको छेउमा एउटा सेवा गर्ने केन्द्र छ। यहाँका सबै स्वयम-सेवक विश्वविद्यालयका विद्यार्थीहरु हुनुहुन्छ। उहाँहरु 21 वर्षका हुनुहुन्छ। हरेक दिन विहान नौ बजेदेखि दिउँसो पांच बजेसम्म उहाँहरुले सेवा दिनुहुन्थ्यो। यसबाहेक उहाँहरुले हातबाट केही हांसिलो अनुहार खेलिएको कार्डको सिर्जना गर्नुभएपछि पर्यटकलाई पठाउनुहुन्थ्यो। उहाँहरुले भन्नुभयो—
पैचिङ्ग ओलम्पिक खेलकुदको आयोजना गर्न विश्वको ठूल-ठूला कुरा हो। स्वयम-सेवकहरुमध्येको एक हुनुभएकोले मलाई धेरै खुसी लाग्यो।
|