china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    राष्ट्राध्यक्ष हुको भ्रमणले ल्याटिन-अमेरिका तथा चीन बीचको सम्बन्धलाई विकसित पार्ने विचार चीनका विशेषज्ञद्बारा व्यक्त
    (GMT+08:00) 2008-11-18 19:27:09    
             चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले स्थानीय समय अनुसार, सोह्रदेखि सत्र तारिखसम्म ल्याटिन-अमेरिकी मुलुक कोस्टारिकाको पहिलो राजकीय भ्रमण गर्नुभयो। भ्रमणपछि राष्ट्राध्यक्ष हुले क्यूबा, पेरु यी दुइटा ल्याटिन-अमेरिकी मुलुकको भ्रमण गर्नुका साथै पेरुमा आयोजना हुने एशिया-प्रशान्त आर्थिक सहयोग स‌गठनको सौह्रौं अनौपचारिक नेतागण सम्मेलनमा भाग लिनुहुने छ। सम्बन्धित विशेषज्ञले राष्ट्राध्यक्ष हुको ल्याटिन-अमेरिका भ्रमणले त्यहाँको विभिन्न क्षेत्रबाट व्यापक ध्यानाकर्षण पाएको छ र चीन तथा ल्याटिन-अमेरिकी मुलुक बिचको सम्बन्ध स्वस्थ तथा द्रुत गतिले विकसित भएर जाने ठहर व्यक्त गरेका छन। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले पठाउनुभएको सम्बन्धित विस्तृत विवरणः

              गत वर्षको जुन एक तारिखका दिन चीन तथा कोस्टारिका बीच औपचारिक रुपमा दौत्य सम्बन्ध स्थापित भएको हो। दौत्य सम्बन्ध स्थापित भएको एक वर्षदेखि यता, द्बिपक्षीय सम्बन्ध द्रुत गतिले विकसित भएको देखिन्छ। गत वर्षको अक्टोबर महिनामा कोस्टारिकाका राष्ट्रपति ओस्कार आरिआस सान्चेजको चीन भ्रमण निकै सफलत रह्यो भने चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले गर्नुभएको यस पटक कोस्टारिकाको भ्रमण सफल हुनुका साथै चीनका राष्ट्रनायकले गरेको त्यहाँको भ्रमण पहिलो हो। चीन सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत ल्याटिन-अमेरिका अनुसन्धानालयका अनुसन्धाकर्ता एवम् चीन ल्याटिन-अमेरिका संघका उपाध्यक्ष स्यु श छङले दुइ मुलुकका नेतागण बीचको उच्चस्तरिय आदान-प्रदानबारे चर्चा गर्दै भन्नुभयोः

             "राष्ट्राध्यक्ष हुको यस भ्रमणले चीन-कोस्टारिका सम्बन्ध एवम् चीन-मध्य ल्याटिन अमेरिका सम्बन्धमा महत्वपूर्ण प्रभाव पार्ने छ। भ्रमणताका दुइ पक्ष बीच एघार वटा समझौतामा हस्ताक्षर गर्नुका साथै दुइ देशका नेतागणले आपसमा स्वतन्त्र व्यापार सम्झौता सम्बन्धी वार्ता गर्ने कुरा सार्वजनिक गर्नुभयो। अतः यस पटकको भ्रमणमार्फत आपसी सम्बन्ध अझ विकसित हुँदै जाने छ।"

              हालसम्म चीन तथा केही मध्य ल्याटिन अमेरिकी मुलुक बीच दौत्य सम्बन्ध स्थापित भएको छैन। यसै महिनाको पाँच तारिखका दिन चीन सरकारले "ल्याटिन अमेरिका तथा क्यारबियनप्रति चीनको नीति दस्तावेज" प्रकाशित गरेपछि चीनका राष्ट्राध्यक्ष हुले यसै क्षेत्रका मुलुकको भ्रमणमार्फत सकारात्मक संकेत दिनुभएको ठहर श्री स्युले व्यक्त गर्दै भन्नुभयोः

             "नभेम्बर पाँच तारिखका दिन चीन सरकारले प्रकाशित गरेको "ल्याटिन अमेरिका तथा क्यारबियनप्रति चीनको नीति दस्तावेज"मा उल्लेखित भए जस्तै, एक चीन भन्ने पूर्वाधारमा मध्य ल्याटिन अमेरिकी मुलुकसँग दौत्य सम्बन्धको विकास गर्ने इच्छा चीनले लिएको छ। वास्तवमा हामीले थाइवानले मध्य ल्याटिन अमेरिकी मुलुकसँग व्यापारिक आदान-प्रदान गर्ने कुराको विरोध गर्दैनौं। राष्ट्राध्यक्ष हुको भ्रमणले चीन तथा मध्य ल्याटिन अमेरिकी मुलुक बीचको सम्बन्धको विकासलाई अघि बढाउने मेरो विश्वास छ।"

              यसका अतिरिक्त, विश्वव्यापी रुपमा फैलिइरहेको मौद्रिक संकट चर्कँदै गएको पृष्ठभूमिमा राष्ट्राध्यक्ष हुको ल्याटिन-अमेरिका भ्रमणको विशेष अर्थ रहेको छ। चीन-ल्याटिन अमेरिका सम्बन्ध अनुसन्धानरत आर्जिन्टिनाको साल्था क्याथोरिक विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख मार्टिन रोदीगुएजले यसबारे आफ्नो विचार व्यक्त गर्दै भन्नुभयोः

              मेरो विचारमा "राष्ट्राध्यक्ष हुले यति बेला ल्याटिन अमेरिकाको भ्रमण गर्ने निर्णय गर्नुभएको उचित छ। उहाँले आगामी केही वर्षमा ती मुलुकहरुको विकासका लागि विश्वास तथा आशा ल्याउनुभयो। उहाँको भ्रमण तथा चीन सरकारद्बारा प्रकाशित "ल्याटिन अमेरिका तथा क्यारबियनप्रति चीनको नीति दस्तावेज"ले अन्तर्राष्ट्रिय बजारमा भट्मास लगायत ल्याटिन अमेरिकाबाट निर्यात उत्पादित वस्तुको भाउ उकासिएको देखियो। यसबाट हेर्दा हामी र चीन बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध निरन्तर रुपमा अघि बढ्दै जाने प्रतिविम्वित भएको छ।"

               उहाँले बितेका केही वर्षमा चीन तथा ल्याटिन अमेरिकी मुलुकले विभिन्न क्षेत्रमा गरेको सहयोग स्थिर रुपमा अघि बढ्दै अझ धेरै ल्याटिन अमेरिकी मुलुकले लगानी क्षेत्रमा चिनियाँ व्यवसायलाई आकर्षित गर्ने आशा व्यक्त गरेको कुरा बताउनुभयो।

             श्री हुको यस पटकको भ्रमणबाट चीनले ल्याटिन अमेरिकासँग मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने निर्णय तथा विश्वासलाई देखाउनुभएकोले ल्याटिन अमेरिकी मुलुकले क्षेत्रीय विकास भन्ने पुरानो बाटोबाट निस्केर विकासको मौका छोपी चीनसँग सहयोग गर्नुपर्ने ठहर श्री रोदीगुएजले व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040