china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउको विशेष विमानमा रहेका उद्धार सामग्री क्युवालाई हस्तान्तरण
    (GMT+08:00) 2008-11-18 16:02:16    
            चीनका राष्ट्राध्यक्ष हु चिन थाउ हिजो हवाना पुगी क्युवाको राजकीय भ्रमण शुरु गर्नुभएको छ। क्युवाका जनतालाई हुरी-बतास प्रकोपको प्रतिरोध गर्न सहायता दिने सम्बन्धमा राष्ट्राध्यक्ष हु चिन थाउको विशेष विमानमा रहेका उद्धार सामग्री पनि हवाना पुगेको छ। उक्त उद्धार सामग्री क्युवालाई हस्तान्तरण गरिएको छ।

             उद्धार सामग्रीमा एक हजार छ सय वटा कम्मल र एक हजार छ सय वटा सिरकहरु समावेश छन्। र ती उद्धार सामग्रीको कुल मूल्य छ लाख चिनियाँ युआन रहेको बुझिएको छ।

            उद्धार सामग्रीको हस्तान्तरण समारोहमा चिनियाँ वाणिज्यमन्त्री छन द मिङ्ग र क्युवाका विदेशी पूंजी तथा आर्थिक सहयोग मन्त्री माल्मिएरकाले बेग्ला-बेग्लै रुपमा चीन र क्युवा सरकारहरुको तर्फबाट सम्बोधन गर्नुभयो। श्री छन द मिङ्गले क्युवाको पार्टी र सरकारको नेतृत्वमा क्युवाका जनताले आफ्नो घरवार पुनःनिमार्ण गर्ने कुरामा विश्वास गर्नुभयो। श्री माल्मिएरकाले चिनियाँ कम्युनिष्ट पार्टी , राष्ट्राध्यक्ष हु चिन थाउ र चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040